टाटोटाले आफ्नो लोकप्रिय एसयूभी र्याभ–फोर हाइब्रिड भर्सनमा सार्वजनिक गरेको छ । चीनको सांघाईमा जारी सांघाई मोटर शो २०१९ मा टोयोटाले अल न्यू र्याभ–फोर सार्वजनिक गरेको हो ।
हाइब्रिड र्याभ–फोर मा २.५ लिटर पेट्रोल इन्जिन रहेको छ । सीभीटी अटोमेटिक गेयरबक्समा आधारित नयाँ र्याभ–फोर उपभोक्ताले टूह्वील ड्राइभ र फोरह्वील ड्राइभ अप्सनमा खरिद गर्न सक्ने छन् ।
टूह्वील ड्राइभले २११ बीएचपी र फोरह्वील ड्राइभले २१५ बीएचपी पावर जेनेरेट गर्ने छ । हाइब्रिड र्याभ–फोरको इन्ट्रि लेवलले ८ इन्च टच स्क्रिन इफोटेनमेन्ट सिस्टम, अटो हेडल्याम्प, अटो वाइपर, १७ इन्ज अलोय ह्वीललगायत विशेषता छन् । अन्य भर्सनमा भने यो भन्दा बढी विशेषता दिइएको छ ।
टोयोटा सुरक्षा विशेषतामा सँधै अग्रणी रहेको छ । सुरक्षाका लागि नयाँ र्याभ–फोरमा सेफ्टी सेन्स प्याकेज रहेको छ । यसमा क्रुज कन्ट्रोल, लेन डिपार्च वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता विशेषता दिइएको छ ।


