लामो यात्राको लागि उपयोगी ‘जुपिटर’, मूल्य पनि आकर्षक

काठमाडौं । लामो यात्राको लागि स्कुटर खासै उपयोगी हुँदैनन् । तर, देख्दा पृथक लाग्ने र लामो यात्रामा पनि सहज हुने किसिमको स्कुटर खोज्दै हुनुहुन्छ भने टीभीएस जुपिटर तपाईंको छनोट बन्न सक्छ ।

खासगरी, स्कुटरहरूको सस्पेन्स राम्रो नहुँदा लामो यात्रामा प्रयोग गर्न कठिन हुन्छ । सहरमै पनि धेरै समय स्कुटर चलाउँदा ढाड र कम्मर दुख्ने हुनसक्छ । त्यसैले लामो यात्रामा पनि कहिले काहिँ लानु छ भने टीभीएस जुपिटर उपयुक्त हुन सक्छ ।

विशेषगरी राम्रो सस्पेन्सन भएका साधनमा लामो यात्रा सहज हुन्छ । टीभीएसले जुपिटरमा अगाडि टेलिस्कोपिक हाइड्रोलिक र पछाडि तीन स्टेपमा मिलाउन सकिने ‘ट्वीन ट्युब इम्युलसन टाइप शक एब्जर्बर’ दिएको छ । यसमा ग्राउन्ड क्लियरेन्स पनि १६३ एमएम अग्लो पाइन्छ ।

नेपाली बजारमा जगदम्बा मोटर्सले टीभीएस जुपिटर बिक्री गर्दै आएको छ । टीभीएस जुपिटर क्लासिक लुक, फिचरको लामो लिस्ट र चलाउँदा यथार्थमा निकै बलियो मोडल हो ।

इन्जिन

टीभीएसले जुपिटरमा ११३.३ सीसीको इन्जिन दिएको छ । उक्त इन्जिनले ६५०० आरपीएममा अधिकतम ८ पीएस पावर र ५००० आरपीएममा ९.८ न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा प्रयोग भएको इन्जिन सिंगल सिलिण्डर, फोर स्टोक, सीभीटीआई, एफआई टेक्नोलोजीमा आधारित हो ।

माइलेज

टीभीएस जुपीटरले प्रतिलिटर ५० किलोमिटर माथि माइलेज प्रदान गर्छ । यसको तौल १०६ किलोग्राम छ ।

फिचर्स

फिचर्समा टीभीएस जुपिटर राम्रो छ । सबै एलईडी लाइट उपलब्ध स्कुटरमा ब्लूटुथ कनेक्टीभीटी, फलो मी होम, यूएसबी चार्जर, डिस्टन्स टु इम्प्टी जस्ता फिचर्स छन् ।

मूल्य

जगदम्बा मोटर्सले २ लख ५७ हजार ९०० रुपैयाँ मूल्य तोकेर यसको बिक्री गर्दै आएको छ ।

अन्त्यमा

धेरै फिचर्स, बढी स्टोरेज, पारिवारिक प्रयोगको लागि उपयोगी र रिकन्डिसनमा पनि राम्रो मूल्य आउने भएको कारण जुपिटर बलियो क्लासिक स्कुटर भएको छ ।


Back_to_top