सामाखुसी-टोखा-छहरे (सुरुङ) सडक निर्माण गर्न दुई कम्पनीको प्रस्ताव

काठमाडौं । सामाखुसी–टोखा–छहरे सडक खन्ड निर्माणको लागि दुई वठा प्रस्ताव आएको छ । काठमाडौंबाट केरुङ पुग्ने सबैभन्दा छोटो मार्ग अन्तर्गको सामाखुसी टोखा छहरे सडक खन्डलाई सरकारले लगानी सम्मेलनमा समेत शोकेस गरेको थियो । 

३४ किमिको यो सडक निर्माणको लागि २६५ मिलियन अर्थात २९ अर्ब ५२ करोड १० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । लगानी बोर्डका अनुसार टोखा छहरे सडक निर्माणका लागि दुईवटा कम्पनीले प्रस्ताव गरेको छन् ।  

गत चैत्र १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा छलफल भएका परियोजन मध्ये यो सडक खन्ड निर्माणको छलफल भएको थियो । सरकारले लगानी सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘शो–केस’ गरेको थियो । 


Back_to_top