यस्ता छन् भारतमा सार्वजनिक हुदै गरेका पाँच नयाँ स्कुटर

पछिल्लो समय स्कुटरको बजार विस्तारै हुँदै गएको छ । नेपाली बजारमा पनि स्कुटर प्रतिको आकर्षण उच्च भएको देखिन्छ । ग्राहकको रुची र आवश्यकतासंगै विभिन्न दुइपाँग्रे सवारी उत्पादक कम्पनीले आकर्षक डिजाइन र स्वरुपका स्कुटरको उत्पादन गर्दै आएका छन् । यसैबीच भारतीय बजारमा आउँदै गरेका पाँच नयाँ स्कुटर यस्ता छन् । जुन नेपाली बजारमा समेत उपलब्ध हुन सक्छन् ।

हिरो माएस्ट्रो एज १२५


हिरो मोटोकर्पले अबको केही सातामा प्रिमियम स्कुटर हिरो मजेस्ट्रो एज–१२५ सार्वजनिक गर्ने तयारी गरेको छ । यसमा आइथ्रीएस प्रविधिको साथै इन्जिन स्टार्ट अफ सिस्टम, ब्रेकिंग सिस्टम, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अप्सनल फ्रन्ट डिस्क ब्रेक, रिमोट कन्ट्रोल ओपनिंगलगायतका विशेषता दिइएको छ । यसको फ्रन्टमा १२ इन्च र रियरमा १० इन्च अलोय ह्वील दिइने जनाइएको छ । यसमा उपलब्ध–१२५ सीसी इनर्जी बुस्ट इन्जिनले ६ हजार ७ सय ५० आरपीएमा ८.७ बीएचपी पावरका साथै ५ हजार आरपीएममा १०.२ एनएम टर्क उत्पादन गर्छ ।

अल न्यु हिरो प्लेजर


हिरो मोर्टकर्पले भारतीय बजारमा अल न्यू प्लेजर ल्याउने तयारी गरेको छ । यो स्कुटरमा ११० सीसी इन्जिन लगाइएको छ । जसले ८ बीएचपी पावरका साथै ८.७ एनएम टर्क उत्पादन गर्छ । यसको फ्रन्टमा फेसिका संगै सिल्भर इन्र्सर्ट र एलइडी हेडल्याम्प लगाइएको छ । यसमा स्टिल र आलोय ह्वीलको विकल्प दिइएको छ भने आइथ्रिएस सिस्टम समेत दिइएको कम्पनीले जनाएको छ । यो मोडल जुन महिनामा सार्वजनिक हुने छ ।

अप्रिलिया स्ट्रोम १२५


पियाजियो इन्डियाले अप्रिलिया स्ट्रोम–१२५ स्कुटर अप्रिल महिनाको अन्त्यमा  सार्वजनिक गर्ने भएको छ । नयाँ स्कुटरमा अनरोड र अफरोड दुवै बाटोको लागि उपयुक्त हुने १२ इन्च अलोय ह्वील दिएको छ । स्कुटरको फ्रन्टमा वीन्ड स्कृनको अप्सनसमेत रहने छ । अप्रिलिया स्ट्रोम–१२५ मा १२४.४९ सीसीको सीभीटी इन्जिन दिइने छ । यो इन्जिनले ७२५० आरपीएममा ९.५१ बीएचपी र ६२५० आरपीएममा ९.८ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा सिंगल राइड स्प्रिङ लगाइएको छ । सीबीएससहितकोे फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक जडान गरिएको यो स्कुटरको मूल्य ६५ हजार भारु पर्ने अनुमान गरिएको छ ।

टीभीएस ज्युपिटर १२५


टीभीएस कम्पनीले १२५ सीसी सेग्मेन्टको नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ ।  टीभीएसले ज्युपिटरमा स्टान्र्डड एलइडी हेडलाइट, टेलिस्कोपिक फ्रन्ट फर्क, सेमी डिजिटल इन्स्ट्रुमेन्टेनिक, एक्सटर्नल फ्युल फिलर, एनटर्कको जस्तै ब्लुटुथ कनेक्टीभिटीको विशेषता दिइएको छ । यसमा १२४.७९ सीसी इन्जिन लगाइएको छ । यसमा ९.२५ बीएचपी पावरका १०.५ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटर फेस्टिभ सिजन पूर्व आउने आकलन गरिएको छ ।

यूएम चिल १५०  


अमेरिकन टू ह्वीलर कम्पनी यूएमले चिल १५० स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । एबीएसको विशेषता दिइएको यस स्कुटरमा चार ओटा कलर अप्सन दिइएको छ भने, क्रोम, लेदर र्याप सिट, टेलिस्कोपिक फ्रन्ट फर्क, आलोय ह्वील, एबीएसको विशेषता समेटिएको छ । 


Back_to_top