दैनिक १६३ रुपैयाँमा होण्डा डिओ स्कुटर

काठमाडौं । दैनिक १६३ रुपैयाँ किस्ता तिरेर होण्डाको डिओ ११० बीएस ६ स्कुटर खरिद गर्न सकिने भएको छ ।

नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ल्याएको आकर्षक फाइनान्स स्कीम अन्तर्गत यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले होण्डाका कुनै पनि सवारी साधन खरिद गर्दा २४ महिना किस्ताबन्दी सुविधा पाउने छन् । जसमा नेपालमा चर्चित होण्डा डिओ ११० स्कुटर किन्दा दैनिक किस्ता १६३ रुपैयाँ मात्र पर्ने भएको हो ।

नेपाली बजारमा डिओ ११० बीएस ६ को मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ छ । यस योजना अन्तर्गत ग्राहकले उक्त स्कुटर खरिद गर्न सुरुमा ६० प्रतिशत अर्थात् १ लाख ५५ हजार ९४० रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ ।

बाँकी ४० प्रतिशत अर्थात् १ लाख ३ हजार ९६० रुपैयाँ ग्राहकले ११.७५ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् । उक्त ऋण ग्राहकले २४ महिनासम्म तिरिसक्नुपर्छ । ग्राहकले मासिक ४ हजार ८८२ रुपैयाँ अर्थात् दैनिक १६२.७३ रुपैयाँ दरले किस्ता तिर्न सक्ने छन् ।

साथै, कम्पनीले डिओ ११० बीएस ६ स्कुटर ४० र ५० प्रतिशत डाउन पेमेन्ट गरेर पनि खरिद गर्न सक्ने सुविधा दिएको छ । यसमा भने ग्राहकले मासिक तिर्नुपर्ने किस्ता रकम केही बढी हुनेछ ।

डिओमा १०९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, फ्यान कुल्ड इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ८ पीएस पावर र ९.०३ एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ८३ किलोमिटर प्रतिघण्टा रहेको छ ।

होण्डा डिओमा डिजिटल इन्टेलिजेन्ट मिटर छ । यसमा एसीजी सिस्टम, साइड स्ट्यान्ड कटअफ, पीजीएम एफआई सिस्टम, एसआई इन्जिन, स्प्लीट ग्रयाब रेल, मफलर प्रोटेक्टर, एक्सटर्नल फ्युल लिड र अण्डर सिट स्टोरेज जस्ता फिचरहरू छन् । साथै, सीबीएस ब्रेकिङ सिस्टम, अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा स्प्रिङ लोडेड हाइड्रोलिक सक रहेको छ ।


Back_to_top