दुई ड्राइभ अप्सनमा आयो एमजी मेजेस्टर

काठमाडौं । एमजी मोटर इन्डियाले आफ्नो प्रमुख एसयूभी मेजेस्टर सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२६ मेदेखि डेलेभरी सुरु गर्ने गरी भारतीय बजारमा बुकिङ खुलाएको हो ।

कम्पनीका अनुसार ग्राहकले हाल ४१ हजार भारु तिरे बुकिङ गर्न सक्नेछन् । यद्यपि, कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छ ।

कम्पनीले एमजी मेजेस्टर शार्प र सेभी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा शार्प भेरियन्ट रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध छ भने सेभी भेरियन्ट फोर ह्वील ड्राइभमा मात्र उपलब्ध छ ।

अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग भएको म्याजेस्टरको पछाडि दुई वटा ‘एग्जस्ट पाइप’ प्रयोग गरिएको छ । एमजीले म्याक्सस डी-९० मा आधारित रहेर तयार पारेको म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ ।

नयाँ एसयूभीको ग्रिलको दुवै छेउमा ठाडो आकारमा दिइएको एलईडी हेडलाइट पाउन सकिन्छ । हेडलाइटको माथि आइब्रो डिजाइनमा स्लीक एलईडी डे टाइम रनिङ लाइट प्रयोग भएको छ । अगाडिको बम्परको तल्लो भाग निकै रग्ड डिजाइनमा देखिने कालो बडी क्लाडिङ दिइएको छ ।

ड्यूल टोनमा तयार भएको १९ इन्चको ह्वील प्रयोग गरिएको म्याजेस्टरको पछाडि कनेक्टेड एलईडी टेल लाइट पाउन सकिन्छ । पछाडिको बम्परको तल्लो भागमा सिल्भर कलरको स्कीड प्लेट दिइएको छ ।

एमजी म्याजेस्टर एसयूभीको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इनफर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील छ ।

कम्पनीले यसमा थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउन्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिट दिएको छ ।

२.० लिटर टुइन टर्बो इन्जिनमा आउने म्याजेस्टर एसयूभीको पीक पवार २१६ पीएस र टर्क ४९७ न्यूटन मिटर रहनेछ । यसमा ८ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स उपलब्ध हुनेछ ।


Back_to_top