पोखरामा हुने वाडा अटो शो २०२६ को स्टल बुकिङ खुला

काठमाडौं । आगामी चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने दोस्रो संस्करणको ‘वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुला भएको छ ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले आजदेखि अटो शोको बुकिङ खुलाएको हो ।

इच्छुक सम्पूर्ण साना, मझौला तथ ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायीले फागुन १९ गतेसम्म स्टल बुकिङ गर्न सक्ने वाडाले जनाएको छ ।

स्टल बुकिङका लागि इच्छुक कम्पनी/संस्थाहरूले  [email protected] वा 9801541538 मा सम्पर्क गरी जानकारी लिन सक्ने वाडाले जनाएको छ ।

वाडा अटो शो पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा आयोजना हुनेछ । अटो शोको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स इभेन्टस)ले गर्ने छ ।

वाडा अटो शो २०२६ मा साना, मझौला तथ ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था लगायतले सहभागिता जनाउने छन् ।


Back_to_top