इरानद्धारा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण

काठमाडौं । इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनले आक्रमण गरेको छ । उक्त आक्रमणमा विमानस्थलमा रहेको इन्धन डिपोमा आगलागी भएको हो ।

कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार इरानको आक्रमणबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भएको छैन ।

आक्रमण लगत्तै आपतकालीन प्रक्रियाहरू तुरुन्तै सक्रिय पारिएको थियो । अग्नि नियन्त्रक टोलीहरू आगलागी नियन्त्रणमा खटिएका थिए ।

कुवेतका आधिकारिक प्रवक्ता अब्दुल्लाह अल राज्हीले प्रारम्भिक रिपोर्ट अनुसार आक्रमणबाट भौतिक क्षति मात्र भएको जानकारी दिएका छन्। घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।

अहिले विमानस्थलको उक्त क्षेत्रलाई सुरक्षित राख्दै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।


Back_to_top