यामाहाको हाइब्रिड मोटरसाइकल एकहप्तामै सोल्ड आउट, प्रि-बुकिङ खुला

काठमाडौं । यामाहा नेपालले हालै सार्वजनिक गरेको यामाहा एफजेडएस एफआइ हाइब्रिड मोटरसाइकलमा उच्च आकर्षण देखिएको छ ।

एमएडब्लू राइडले फागुन ६ गतेदेखि बिक्री सुरू गरेको यो मोटरसाइकल पहिलो सातामै सोल्ड आउट भएको हो । यद्यपि, कम्पनीले संख्या भने खुलाएको छैन ।

पहिलो लटको सबै मोटरसाइकल बिक्री भएपछि कम्पनलीले दोस्रो लटका लागि प्रि–बुकिङ खुलाएको छ । इच्छुक ग्राहकले कम्पनीको देशभरका डिलरमार्फत बुकिङ गर्न सक्नेछन् । कम्पनीले यामाहा एफजेडएस हाइब्रिडको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ तोकेको छ ।

उच्च मागलाई ध्यानमा राख्दै नयाँ बुकिङ चाँडै डेलिभरी गराइने कम्पनीले जनाएको छ । आधुनिक प्रविधि र उत्कृष्ट माइलेजका कारण ग्राहकको रोजाइमा परेको कम्पनीले जनाएको छ ।

यामाहाको एफजेड सिरिजबाट नेपाल आएको पहिलो हाइब्रिड मोटरसाइकलको १४९ सीसी क्षमताको एफआई इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग जोडिएको छ । मोटरसाइकलमा उन्नत किसिमको हाइब्रिड प्रणाली प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

यसमा प्रयोग भएको नेक्स्ट-जेनेरेशन हाइब्रिड प्रणालीले नर्मल पावरका अलावा थप क्षमता प्रदान गर्छ भने साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन दिने, सहज स्टार्ट स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन प्रदान गर्छ ।

विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरूवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी दिन्छ । यसले दैनिक आवतजावतलाई निकै सहजता हुन्छ ।

यससँगै नयाँ हाइब्रिड एफजेड एस मोटरसाइकलले ६० किलोमिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आराम राइडलाई ध्यानमा राखेर विभिन्न सुविधा फिचरहरू समावेश गरिएको छ । एफजेडएसमा १४९ सीसीको सिंगल सिलिन्डर, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १२.४ पीएस पावर तथा १३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाइन्छ ।


Back_to_top