एक लिटर पेट्रोलले ४५ किमी गुड्ने इन्जिनले बनायो विश्व रेकर्ड

काठमाडौं । जिली ग्रुपले तयार पारेको आई-एचइभी हाइब्रिड टेक्नोलोजीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको छ । नयाँ हाइब्रिड टेक्नोलोजीले २.२२ लिटर पेट्रोलमा १०० किलोमिटर रेन्ज प्रदान गर्दै जिनिस बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएको हो ।

कम्पनीले नयाँ पुस्ताको ‘आई-एचइभी इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड सिस्टम सार्वजनिक गरेको छ । जिलीले आफ्ना चल्तीका मोडलहरुमा नयाँ टेक्नोलोजीको प्रयोग थालेको जानकारी दिएको हो ।

यसअघिको हाइब्रिड टेक्नोलोजीको तुलनामा नयाँ प्रविधि १० प्रतिशत बढी माइलेज दिन सक्षम छ । त्यसको मुख्य कारण एआईमा आधारित ऊर्जा व्यवस्थान नै हो ।

चीनमा ब्याट्री इलेक्ट्रीक भेहिकलको उत्पादन लागत बढ्दै जाँदा हाइब्रिड टेक्नोलोजी सुधारमा कम्पनीहरुले काम गरिरहेका छन् । जहाँ १/२ किलोवाट आवरका साना ब्याट्री प्रयोग गर्दै धेरै माइलेज निकाल्न कम्पनीहरु सफल भएका छन् ।


Back_to_top