काठमाडौं । अहिले बजारमा पेट्रोलको मूल्य २१९ रुपैयाँ छ । पेट्रोलको मूल्य बढ्दा ईभी किन्नेहरूको संख्या पनि दिनदिनै बढ्दै गएको देखिन्छ ।
अहिले दैनिक यात्रामा प्रयोग हुने पेट्रोलको मूल्यभन्दा पनि कम रकम तिर्दा गाडीको मासिक किस्ता तिर्न पुग्ने देखिन्छ । केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटीले इक्यूट-०२ मोडल दैनिक ६२५ रुपैयाँ किस्ता तिर्दा पुग्नेगरी बिक्री गर्दै आएको छ ।
अहिले सामान्य पेट्रोल कारमा दिनको ३ लिटर पेट्रोल खर्च गर्दा ३० देखि ३५ किलोमिटर यात्रा गर्न सकिन्छ । त्यो ३ लिटर पेट्रोलको पैसा बराबर रकम तिर्दा गाडीको किस्ता तिर्न पुग्ने देखिन्छ । ३ लिटर पेट्रेलको मूल्य आजको मितिमा ६५७ रुपैयाँ हुन्छ । जबकी इक्यूट-०२ दैनिक ६२५ रुपैयाँ किस्तामा लिन सकिन्छ ।
इक्यूट-०२ निकै राम्रो सिटी कार मानिन्छ । यसको मूल्य २२ लाख ९६ रुपैयाँ तोकिएको छ । तर, कम्पनीले विभिन्न स्कीम भन्दै २० लाख ९६ हजार रुपैयाँमै बिक्री गर्दै आएको छ ।
चिनियाँ ब्राण्ड केईको निकै उत्कृष्ट ह्याचब्याकको रूपमा रहेको इक्यूट-०२ ‘थ्री डोर’ मोडल हो । सहरी क्षेत्रको लागि डिजाइन भएको इक्यूट-०२ मा ५ जनाले यात्रा गर्न सक्छन् । तर, पछाडि २ जना र अगाडि २ जना बसेर यात्रा गर्ने हो आरामदायी हुनेछ ।

इक्यूट-०२ मा रहेको २८.०८ किलोवाट आवरको ब्याट्रीले सीएलटीसी ड्राइभिङ साइकलले ३०० किलोमिटर रेन्ज देखाएको छ । नेपाली सडकमा २६० किलोमिटर माथि रेन्ज पाइने टेस्ट ड्राइभहरूमा भेटिएको छ ।
सानो कार भएपनि यसमा फिचरको कुनै सम्झौता भएको छैन । यसमा १५ इन्चको ह्वील पाउन सकिन्छ । ३६० डिग्री क्यामेरा, ४० किलोवाटको पावरफुल मोटर रहेको इक्यूट-०२ थ्री डोर ह्याचब्याक नेपाली सडक सुहाउँदो देखिएको छ ।


