राइडिङ अनुभव: यसकारण पुग्यो यामाहा एफजी लोमान्थाङ

मैले फरक फरक ब्रान्डका दर्जनौं बाइक चढिसकेको छु । म आफैंले एक दर्जनभन्दा बढी बाइक किनेर चढिसकेको छु । मलाई बाइकमा यात्रा गर्न मन पर्छ । नेपालका धेरै कुना कन्दरामा बाइकमै पुगेको छु । म मेरो ‘राइडिङ एक्सपिरियन्स’ भ्लगमार्फत् शेयर गर्छु । 

करिब एक महिनाअघि यामाहाबाट मलाई फोन आयो, ‘लोमान्थाङ जाने हो रु एफजी भी३ मा रु’ मेरो ‘सेड्युल टाइट’ थियो तैपनि मैले तुरुन्त ‘ओके’ गरेँ । कारण, यस्तो मौका बारम्बार आउँदैन । यो ‘लाइफटाइम एक्सपिरियन्स’ हुनेछ, मेरो लागि । त्यसो त मैले, यामाहाले भर्खरै ल्याएको एफजी भी३ चढिसकेको थिएँ । त्यहिँ बेला मलाई यो बाइक मन परिसकेको थियो । अब चाहिँ ‘राइड विथ रोडिज्’मा मलाई निम्तो आयो, नयाँ एफजी भी३ को ‘इन्ड्युरेन्स टेस्ट’ गर्ने ।

‘मिसन लोमान्थाङ’

काठमाडौं टू लोमान्थाङ र ब्याक टू काठमाडौं । १३ सय किलोमिटरको यात्रा, नौ दिनमा यामाहाको एफजीएस एफआई भी३ चढेर । यो मेरो लागि ‘एक्साइटिङ टास्क’ थियो । इतिहासले मुस्ताङ एउटा स्वतन्त्र देश मान्छ जुन प्राचिन कालमा तिब्बत र भारतको व्यापारिक रुट थियो । हिमाली उपत्यका उपल्लो मुस्ताङमा बाइक यात्रा वास्तवमा गज्जबको ‘एड्भेन्चर’ हो । यहाँको बुद्धिस्ट र तिब्बतियन संस्कृतिको बयान शब्दमा गर्न सकिन्न । यो स्थानमा सन् १९९२ सम्म पनि विदेशी पर्यटकलाई निषेध थियो, त्यसैले यसलाई ‘फर्बिडन किङ्डम’ पनि भनिन्थ्यो ।

 

‘हाई अल्टिच्युड’का कारण लोमान्थाङको बाइक यात्रालाई कठिन मानिन्छ । ‘कार्बुरेटर इग्निसन’ भएको पुरानो प्रविधिको बाइकलाई यहाँ स्टार्ट गर्न पनि गाह्रो पर्छ । अझ भौगोलिक विकटता, खराब र धुलाम्य बाटोले यात्रालाई कष्टकर बनाइदिन्छ । त्यसैले त, प्राय पर्यटक एसयूभी वा अरु हाई सीसीको गाडीको सहारामा त्यहाँ पुग्छन् । 

‘हाई अल्टिच्युड’का कारण लोमान्थाङको बाइक यात्रालाई कठिन मानिन्छ । ‘कार्बुरेटर इग्निसन’ भएको पुरानो प्रविधिको बाइकलाई यहाँ स्टार्ट गर्न पनि गाह्रो पर्छ । 

यामाहा एफजी भी३

यामाहा एफजी भी३ भर्खरै नेपालमा सार्वजनिक गरिएको थियो । १५० सीसीको यो बाइक ‘थर्ड जेनेरेसन’को हो । यसमा भी२ कै इन्जिन छ, यामाहाले आफैं बनाएको ब्लुकोर टेक्नोलोजी भएको । फ्युल इन्जेक्सन प्रविधि यसमा पहिले नै छ । फ्युल ट्यांक नयाँ डिजाइनको छ, सिट सिंगल बनाइएको छ, साँचो हाल्ने स्थान परिवर्तन गरिएको छ । स–साना ‘कस्मेटिक अपग्रेड’ बाहेक एफजी भी३मा नयाँ कुरा भनेको ‘सिंगल च्यानल एबीएस’ हो । एफजी भी३, एफआई र एबीएस भएको १५० सीसी पहिलो बाइक हो । 

कुनै बाइकलाई डाँडाकाँडा कुदाएर काठमाडौंबाट ६५० किलोमिटर पर समुद्र सतहबाट ३५ सय मिटर उचाइमा रहेको लोमान्थाङ पु¥याउनु वास्तवमा चुनौती हो । त्यो पनि भर्खरै नेपाल भित्रिएको बाइकमा जसको नेपालमा राम्रोसँग परीक्षणसमेत भइसकेको छैन ।

यात्राको अनुभव

बैशाख २१ गते, विहान नौ बजे, त्रिपुरेश्वरको यामाहा शोरुमबाट ‘राइड विथ् रोडिज्’को ‘फ्ल्याग अफ’ भयो । १६ वटा यामाहा एफजीमध्ये, मेरो मात्र एफजीएस एफआई भी३ थियो । काठमाडौंदेखि पोखरासम्मको यात्रा ‘डिसेन्ट’ थियो । सडक फराकिलो र राम्रो थियो । यो यात्रा ‘युज्ड् टु’ नै थियो । पोखरा छिर्ने समयमा ‘हेभी रेनफल’ भयो र हाम्रो यात्रा यहिँबाट ‘एड्भेन्चरस’ हुँदै गयो । रेनकोट लगाएर हाम्रो टोली पोखराको ‘टुकी’ भन्ने होटलमा बास बस्यो । 

भोलि विहान आठ बजे नै हाम्रो दोस्रो दिनको यात्रा सुरु भयो । हाम्रो अर्को गन्तव्य कालोपानी थियो । लेते भन्ने ठाउँमा एकदमै राम्रो थियो । बाटोबाट सुन्दर दृश्य देखिन थाले र राइडरहरुबीच पनि भातृत्व बढ्न थाल्यो । कालोपानीमा हामी राति अबेर पुग्यौं । पानी परेर रोकिसकेको थियो । त्यसैले, मौसम साह्रै चिसो थियो । होटेलमा राइडको ‘बिफ्रिङ’ भयो र ‘एक्सपिरियन्स सेरिङ’ भयो । 

मैले पहिले पनि २०० र २५० सीसीको बाइक चलाएर हिमाली क्षेत्रको यात्रामा गइसकेको थिएँ । तर बढी सीसीको भएर पनि बाइकले पुल गरिरहेको थिएन । तर एफजी भी३ले ७० केजीको मलाई, ८० किलोको क्यामेराम्यान र १३७ किलोको बाइक आफैंलाई तानिरहेको थियो । 

यसपछिको यात्राको ‘प्योर भाइभ’ आउन थाल्यो । मुस्ताङवाला ‘फिलिङ्ग्स्’ आउन थाल्यो । बाटो अप्ठेरो र साँगुरो हुन थालिसकेको थियो । धौलागिरी माउन्टेन रेन्ज नजिक देखिन थालिसकेको थियो । जोमसोमको बाह्रबजे हावालाई अनुभव गर्न थाल्यौं । हाम्रो राइड ‘स्टेप बाई स्टेप’ ’लेभल अप‘ हुँदै गयो । कालोपानी टु छुक्साङ ‘थर्ड लेभल’को यात्रा थियो । यहाँ पुगेपछि चाहिँ ‘म्यान’ र ‘मेसिन’को ‘क्यापासिटी टेस्ट’ हुन थाल्यो । बाटो ‘टफ’ र ‘डस्टी’ थियो । पानी नपरे पनि रेनकोट नै लगाएर राइड गर्न थाल्यौं । 

यो यात्रामा म एक्लै थिइनँ । मैले अडियोभिडियो टिमको ‘क्र्यु मेम्बर’लाई मेरो बाइकमा यात्रा गरिरहेको थिएँ । उहाँ करिब ८० किलो जतिको हुनु हुन्थ्यो । त्यो बाटोमा पनि १५० सीसीको बाइकले म, क्यामेरा पर्सन र बाइक आफैंलाई पनि तानिरहेको देख्दा म निकै ‘इम्प्रेस्ड’ भएको थिएँ । कारण चाहिँ ‘फ्युल इन्जेक्सन टेक्नोलोजी’ थियो । मैले यसबारे सुनेको थिएँ तर यसले के गर्छ भन्ने आफैं अनुभव गरिरहेको थिएँ । 

एफआई सिस्टममा डिजिटल प्रविधिमार्फत इन्धन आपुर्तिलाई नियन्त्रण गर्ने इन्जेक्टर हुन्छन् जसले कम्बुसन च्याम्बरमा हावा र इन्धनको मात्रालाई निश्चित बनाइदिन्छ । 

मैले पहिले पनि २०० र २५० सीसीको बाइक चलाएर हिमाली क्षेत्रको यात्रामा गइसकेको थिएँ । तर बढी सीसीको भएर पनि बाइकले पुल गरिरहेको थिएन । तर एफजी भी३ ले ७० केजीको मलाई, ८० किलोको क्यामेराम्यान र १३७ किलोको बाइक आफैंलाई तानिरहेको थियो । त्यो पनि कस्तो ‘इन्भाइरोमेन्ट’मा भन्दा ३ हजारभन्दा माथिको उचाइमा, फुट्रेस नै डुब्ने खालको धुलाम्य बाटोमा । छुक्साङबाट घामीमा हामीले लन्च ग¥यौं । 

त्यो बान अफ ड बेस्ट लन्च थियो किनभने विहानदेखिको यात्राले सबैजना धेरै भोकाइसकेका थिए । खाना पनि ‘अर्गानिक’ थियो । त्यहाँबाट करिब साढे दुई घन्टामा हामी लोमान्थाङ पुग्यौं । राइडरहरु सबै थाकिसकेका थिए, तर एफजीहरुको पावर भने उत्तिकै थियो । त्यो रात हामीले लोमान्थाङमै बितायौं र भोलि सबेरै चाइना नेपालको बोर्डर कोरला पासका लागि निस्कियौं । 

कोरला पास चार हजार चार सय मिटर उचाइमा पर्छ जुन मनाङको बाइक जानसक्ने सबैभन्दा अग्लो ठाउँभन्दा पनि बढी हो । काठमाडौंमा गर्मी चढी सके पनि त्यहाँ अझै हिउँ पग्लिसकेको थिएन । एकदमै चिसो थियो । हामी मानिसलाई पनि श्वास फेर्न गाह्रो थियो त्यहाँ अक्सिजन पातलो भएर । त्यस्तो ठाउँमा पनि एफजीले दुई जना बोकेर मज्जाले तान्यो । यहाँ पनि म एफजीबाट ‘इम्प्रेस्ड’ भएँ । एफजी२५ त ‘पावरफुल’ नै भयो । तर १५० सीसीको बाइक पनि सँगसँगै थिए । केही ठाउँमा मैले एफजी२५ लाई पनि जितेको थिएँ । हामीसँग क्यामेरा भएका कारण हामी अगाडि गएर ‘फुटेज’हरु खिच्नु थियो । त्यो ‘अल्टिच्युड’मा पनि मेरो स्पिड १००÷११० थियो । त्यहाँको बाटो राइडको लागि राम्रो थियो । पूर्ण रुपमा पिच पनि होइन र ग्राभल मात्र पनि होइन । 

एक पटक म निकै स्पिडमा थिएँ । अगाडिको एक जना राइडरले झ्याप्प ब्रेक लगाइदिइ हाल्यो । मैले पनि ‘इन्स्ट्यान्टली’ ब्रेक लगाएँ । एबीएसले त्यो बेला मज्जाले काम ग¥यो । ‘नन एबीएस’ भइदिएको भए हामी नराम्रोसँग चिप्लिएर लड्थ्यौं । तर भी३मा रहेको एबीएसले हामीलाई लड्नबाट बचायो । 

कोरोला पासबाट लोमान्थाङ फर्केर हामीले डिनर ग¥यौं । लोमान्थाङमा हामी दुई दिन बस्यौं । राति त्यहाँको कल्चरल डान्स र झाँकी पनि हे¥यौं । त्यहाँबाट हामी काठमाडौंको लागि निस्कियौं । जे होस् लोमान्थाङको बाइक यात्रा यादगार रहनेछ ।

एफजीको पफर्मेन्स

लोमान्थाङ यात्रा यामाहाको एफजीका कारण अविश्मरणीय रहनेछ । यामाहाको नयाँ एफजी भी३ मा कम्फोर्टको राम्रो व्यवस्था गरिएका कारण पिचमा र बाटै नभएको ठाउँमा पनि आरामदायी यात्रा दिलायो । यसमा प्रयोग गरिएको चौडा र नरम सिटले सयौं किलोमिटरको यात्रामा पनि थकानको महसुस गराएन । 

कम्फोर्टपछि मलाई यसमा रहेको केही प्रविधिलाई मैले निकै मन पराएँ । एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम) र इएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्सन) । यो दुई वटा प्रविधिले गर्दाले लोमान्थाङको यात्रा सम्भव भएको हो । यसमा पनि विशेष एफआईको भूमिका ठूलो छ । मुस्ताङबाट माथि जाँदै गर्दा हामीले धेरै बाइकहरु भेट्यौं जसलाई लोमान्थाङको यात्रा कष्टकर बनिरहेको थियो । 

हाई सीसी भए पनि बाइकले तानिरहेको थिएन । कारण थियो तिनीहरुमा प्रयोग भएको पुरानो कार्बुरेटर इग्निसन सिस्टम । तर १५० सीसीका एफजीहरुले भने पछाडि मानिस राखेर पनि विना कुनै कठिनाई उकालो चढिरहेको थियो । 

१ भाग पेट्रोलमा १४ं७ भाग हावा भए यसले सबैभन्दा बढी उर्जा दिन्छ । ‘कन्सिस्टेन्ट पावर आउटपुट’, उच्च माइलेज, सफा उत्सर्जन र ‘कोल्ड स्टार्ट’ एफआई प्रविधिका फाइदा हुन् । 

म पहिला पनि हिमाली क्षेत्रमा बाइक लिएर गएको थिएँ । तर कार्बुरेटर इग्निसनले गर्दा ती यात्रा मलाई बिर्सनलायक बने । चिसोका कारण बाइक स्टार्ट पनि हुँदैनथ्यो । यामाहाको एफआईले यात्रामा मेरो शक्ति र समय बचाइदिएको छ । त्यसैगरी, एबीएसले पनि धेरै ठाउँमा मलाई चिप्लनबाट बचाएको थियो । त्यसैले म भन्न सक्छु कि यामाहा एफजी लङ राइडका लागि पनि गज्जब छ । यो कुनै क्रुजर बाइकभन्दा कम छैन । 

के गर्छ एफआई अनि एबीएसले ?

अहिले इन्धन मितव्ययिता र कम उत्सर्जनका लागि एफआई प्रविधि अनिवार्य जस्तै बनेको छ । एफआई सिस्टममा डिजिटल प्रविधिमार्फत इन्धन आपूर्तीलाई नियन्त्रण गर्ने इन्जेक्टर हुन्छन् जसले कम्बुसन च्याम्बरमा हावा र इन्धनको मात्रालाई निश्चित बनाइदिन्छ । १ भाग पेट्रोलमा १४ं७ भाग हावा भए यसले सबैभन्दा बढी उर्जा दिन्छ । ‘कन्सिस्टेन्ट पावर आउटपुट’, उच्च माइलेज, सफा उत्सर्जन र ‘कोल्ड स्टार्ट’ एफआई प्रविधिका फाइदा हुन् । 

अधिकांश बाइक दुर्घटना ब्रेकले टायर लक गर्दा हुने गर्छ । तीव्र गतिमा रहेको बाइकमा एक्कासी ब्रेक लगाउँदा असन्तुलन भई लड्छ । तर ‘एन्टिलकिङ ब्रेक सिस्टम’ (एबीएस) प्रविधिले ब्रेकले टायरलाई ‘लक’ गर्नबाट रोक्छ । यसमा रहेका सेन्सरहरुले गति गणना गर्छन् र त्यही अनुसारको बल ब्रेक डिस्कमा प्रयोग हुन्छ जसले सतहमा पकड नगुमाइकनै बाइक रोकिन्छ । सडकको सतह भिजेको, हिलाम्ये वा रफ भए पनि यो प्रविधिले सतहमाथिको पकडलाई कायम राख्छ । 

(मोटो भ्लगर सागर थापाको अनुभव) 


Back_to_top