प्रतिस्पर्धीभन्दा निकै सस्तो मूल्यमा आयो ‘एमजी एस सिक्स’

काठमाडौं । नेपालमा एमजी एस सिक्स इलेक्ट्रीक एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ६९ लाख ९९ हजार  रुपैयाँ तोकेर एस सिक्स बिक्री सुरू गरेको हो ।

यो मूल्य यसका प्रतिस्पर्धीहरुकोभन्दा कम हो । एस सिक्सका प्रतिस्पर्धी बीवाइडी सिलायन सेभेनको मूल्य ७९ लाख ९९ हजार, दीपल एस-०७ को ७४ लाख ९९ हजार र लीपमोटर सी-१० को मूल्य ७२ लाख रुपैयाँ रहेको छ ।

 

एमजी एस सिक्स नेपालमा रियर ह्वील ड्राइभमा आएको हो । अन्तर्राष्ट्रिय बजारमा भने रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध छ ।

एमजी एस सिक्समा शक्तिशाली १८० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ३५० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले ० देखि १०० किमीको स्पीड केबल ७.३ सेकेण्डमा भेटाउँछ ।

एस सिक्स एसयूभीमा ७७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसले एकपटकको फुलचार्जमा ५३० किलोमिटर रेन्ज दिने डब्लू एलटीपीले प्रमाणित गरेको छ ।

एमजी एस सिक्सले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।

एमजी एस सिक्सको लम्बाइ ४७०८ एमएम छ । चौडाइ १९१२ एमएम र उचाइ १६७२ एमएम अग्लो एसयूभीमा २८३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ६७४ लिटरको बुट स्पेश छ ।

एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ ।

टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ ।

यसमा सुरक्षाका लागि एईबी, लेन किप एसिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल लेभल २ एडास, क्रुज कन्ट्रोल, ७ एयर ब्याग लगायत फिचर छन् । यसले युरो एन क्यापमा अब्बल फाइभ स्टार रेटिङ पाएको छ ।

बाहिरी डिजाइनमा अगाडिबाट एमजी फाइभको धेरै कुरा समान जस्तै लाग्ने एसयूभी पछाडिबाट भने निकै भिन्न लाग्छ ।


Back_to_top