एथर रिज्टाले पूरा गर्यो ३ लाख युनिट बिक्री

काठमाडौं । भारतीय दुईपाँग्रे इलेक्ट्रीक निर्माता एथरको रिज्टा इलेक्ट्रीक स्कुटरले भारतमा ३ लाख युनिट बिक्री पूरा गरेको छ ।

एथर रिज्टाले बजारमा आएको दुई वर्ष अवधिमै ३ लाख युनिट बिक्री हुन सफल भएको हो । भारतीय बजारमा एथरको रिज्टा मोडल सन् २०२४ को अप्रिलमा सार्वजनिक भएको थियो ।

बजारमा आएसँगै रिज्टा स्कुटर फ्यामिली सेग्मेन्टमा निकै चर्चा बटुल्दै स्थापित भएको मोडल हो । भारतमा एथरको ७५ प्रतिशतभन्दा बढि हिस्सा रिज्टा मोडलले मात्रै ओगटेको छ ।

कम्पनीका अनुसार रिज्टाले सार्वजनिक भएको पहिलो ११ महिनामै १ लाख बिक्रीको आँकडा पार गरेको थियो। त्यसपछि अर्को ११ महिनाभित्र थप २ लाख युनिट बिक्री गर्दै कुल ३ लाख युनिट पूरा गरेको छ । डिसेम्बर २०२५ सम्म २ लाख युनिट बिक्री पूरा गरेको थियो भने त्यसपछि केवल ५ महिनामै थप १ लाख युनिट बिक्री भएको हो।

एथरको रिज्टा मोडल बाहेक ४५० एस, ४५० एक्स र ४५० एपेक्स मोडल उपलब्ध छ। जसमा विभिन्न ब्याट्री अप्सन उपलब्ध छ ।

एथरको इलेक्ट्रीक स्कुटरहरू नेपाली बजारमा पनि उपलब्ध छन् । एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्य इनर्जीले रिज्टा एस, रिज्टा जेड, ४५० एस र ४५० एक्स मोडल बिक्री गर्दै आइरहेको छ ।


Back_to_top