डबल क्याव पिकअप महगियो, बजेटले थप्यो १० प्रतिशत अन्तःशुल्क

काठमाडौं । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटबाट डबल क्याव पिकअपमा १० प्रतिशतले अन्तःशुल्क वृद्धि गरेको छ । अन्य कुनैपनि सवारीसाधनमा करका दर परिवर्तन नगरेको बजेटले डबल क्याब पिकअपमा भने १० प्रतिशतले अन्तःशुल्क बढाएको हो ।

मूलत सामान ओसार पसार गर्ने र ड्राइभरसहित २ जनाभन्दा बढी मानिस ओसार पसार गर्न सक्ने किसिमले तयार पारिएको डबल क्यावमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।

अहिले नेपाली बजारमा बिक्री भइरहेका टोयोटा हाइलक्स, फोर्ड रेन्जर, निसान नाभारा, महिन्द्रा स्कर्पियो, इसुजु डिम्याक्स, टाटा जेनन् लगायतका डबल क्याव पिकअप नेपाली बजारमा उपलब्ध रहेको छ । 

यी सबै पिकअपमा लाग्ने अन्तःशुल्क १० प्रतिशतले वृद्धि भएकाले अब यी गाडीको मूल्य स्वभाविक वृद्धि हुने भएको छ । 

प्रायः जसो सामान सहित लामो यात्रा गर्ने र परियोजनाहरु तथा निर्माण व्यवसायीलाई लक्षित गर्दै बिक्री हुँदै आएका यस्ता पिकअप किन्न चाहनेले अब केही महंगो मूल्य तिर्नु पर्ने भएको छ । 

यद्यपी सिंगल क्याव पिकअपको अन्तःशुल्कमा भने कुनै परिर्वतन गरिएको छैन । 


Back_to_top