आयो हिरोको १२५ सीसीको नयाँ मोटरसाइकल

काठमाडौं । हिरो मोटोकर्पले भारतमा १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सुपर स्प्लेण्डर एक्सटीईसी २.० नयाँ मोटरसाइकल लन्च गरेको हो ।

सुपर स्प्लेण्डर एक्सटीईसी पहिलैदेखि उपलब्ध मोडल हो । कम्पनीले अहिले यसको नयाँ भेरियन्टको बजारमा बिक्री सुरू गरेको हो । कम्पनीले हिरो सुपर स्प्लेण्डर एक्सटीईसी २.० भेरियन्टको मूल्य ८६ हजार ५०० भारु(एक्स शोरुम) तोकेको छ ।

स्टाइलिस डुअल टोन ग्राफिक्समा उपलब्ध सुपर स्प्लेण्डर एक्सटीईसी नयाँ भेरियन्टमा आईथ्रीएस स्टार्ट स्टप टेक्नोलोजी, हाजार्ड लाईट, कनेक्टिभिटी सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, रियल टाइम माइलेज इन्डिकेटर्स, लो फ्युल इन्डिकेटर्स, चार्जिङ पोर्ट, चौडा डुअल टेक्स्चर सिट र चौडा रियर ग्र्याबरेल जस्ता फिचरहरू छन् ।

मोटरसाइकलमा १२४.७ सीसी क्षमताको सिंगल सिलिण्डर, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १०.७ पीएस पावर तथा १०.६ एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top