इलेक्ट्रीक सवारी संकटको बाटोमा, किन इभी उत्पादनबाट पछि हट्दैछ चीन

चीनमा ‘इलेक्ट्रिक भेइकल’ (इभी) क्षेत्रले विगत एक  दशकयता छलाङ मारिरहेको छ । यसका पछाडि सरकारले यो क्षेत्रलाई दिएको प्राथमिकता, अनुदान र बजार प्रर्बद्धन समेतको ठूलो भुमिकाले सम्भव भएको हो । 

तर, अहिले भने चिनियाँ सरकारले अध्ययन र विकास (आर एण्ड डी) सम्बन्धी अनुदानहरु ‘हाइड्रोजन फिउल सेल’ तर्फ मोड्न थालेपछि स्थितिमा केही परिर्वतन आउन थालेको छ । यस क्षेत्रका विज्ञहरुका अनुसार हाइड्रोजन फियूल सेल ‘लिथियम आयोन ब्याट्री’ बाट चल्ने इभी भन्दा बढी पर्यावरण मैत्री हुन्छ ।

चिनियाँ सत्ताले सन् २०१५ मा सार्वजनिक गरेको दश बर्षे आर्थिक ‘ब्लूप्रिन्ट’मा यो क्षेत्रलाई राज्यले आक्रामक विकास गर्न चाहेको दश उच्च प्राविधिक क्षेत्र मध्यको एक क्षेत्रको रुपमा उल्लेख गरेको थियो । 

चीनमा हाल इलेक्ट्रीक कार निर्माण गरिरहेका कम्पनीहरुले कठोर सत्यको सामना गर्नुपर्ने देखिएको छ । यो क्षेत्रले बित्तिय समस्या भोग्नुका साथै राज्यको सहयोग पनि हराउँदै जाने स्थितिको सामना गर्नुपर्ने आँकलन गर्न थालिएको छ । 

चीन सरकारको नीतिगत परिर्वतन

यसै वर्ष मार्च २६ तारिखमा दिन चीनको अर्थ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्य सरकारी निकायहरुले लिथियम आयोन ब्याट्री प्रयोग भएका इलेक्ट्रीक गाडीलाई दिईंदै आएको अनुदान सम्बन्धी कार्यक्रममा परिर्वतन गरेका छन् । उनीहरुले यो क्षेत्रलाई दिईंदैं आएको अनुदानमा ६७ प्रतिशतले कटौती गरेका हुन् । 

४०० किलोमिटरको माइलेज दिने इभीलाई दिईदैं आएको अनुदानमा राज्यले ५० प्रतिशतले कटौती गरेको हो । र, कुनै पनि सरकारी अनुदानको लागि योग्य हुनका लागि कम्तीमा २५० किलोमिटर माइलेज दिने इलेक्ट्रीक सवारी हुनुपर्ने नयाँ प्रवधान राखिएको छ । पहिले १५० किलोमिटर वा सो भन्दा बढी माइलेज दिने इभीले राज्यबाट अनुदान प्राप्त गर्दै आएका थिए ।

साथै, यी प्रावधानहरु पनि सन् २०२० पछि निष्कृय हुने बताइएको छ ।

उनले टोयोटाको हाइड्रोजन फिउल सेल गाडी ‘मिराई’ देखे । र, उनले उक्त गाडीमा इन्धन भर्न ३ देखि ४ मिनेट मात्र लाग्ने र ६५० किलोमिटरको माइलेज समेत दिने तथ्य बारे चाल पाए ।

नीतिगत छलाङको कारण

चिनियाँ प्रधानमन्त्री ली किङले सन् २०१८ मा जापान भ्रमण गरे पश्चात् उनको इभी प्रतिको धारणाहरुमा ठूलो परिर्वतन आएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । 

ली जापानमा टोयोटाको इभी पार्टपुर्जा बनाउने कारखानाको भ्रमणमा गएका थिए । त्यहाँ उनले टोयोटाको हाइड्रोजन फिउल सेल गाडी ‘मिराई’ देखे । र, उनले उक्त गाडीमा इन्धन भर्न ३ देखि ४ मिनेट मात्र लाग्ने र ६५० किलोमिटरको माइलेज समेत दिने तथ्य बारे चाल पाए ।

चिनियाँ मिडियाहरुका अनुसार ली भ्रमणबाट फर्के लगत्तै चीनका विभिन्न मन्त्रालय र निकायहरुले हाइड्रोजन फिउल सेल प्रविधिको अध्ययन गर्नका लागि टोली गठन गरिहाल्यो । यो नै चिनियाँ अधिकारीहरु फिउल सेललाई ठूलो अनुसन्धान योजनाको रुपमा अगाडि बढाउन चाहन्छन् भन्ने प्रमाणको रुपमा देखापर्‍यो । 

हाइड्रोजन ग्याँसलाई उर्जाको रुपमा प्रयोग गर्ने यो सेल लिथियम ब्याट्रीभन्दा धेरै हिसाबले अब्बल रहेको छ ।

लिथियम ब्याट्रीमा ‘निकेल’, ‘कोबाल्ट’, ‘म्यागनिज’ जस्ता भारी धातुहरुको प्रयोग हुन्छ । र, यी धातुहरु उत्खनन् गर्ने क्रममा नजिकमा पानीका स्रोतहरु पनि प्रदूषित हुन्छन् । साथै, तामा, ‘लिथियम’ र अन्य धातुहरुको प्रशोधन प्रक्रियामा धेरै बिषादीहरु निस्कन्छन् र तिनको राम्रो ब्यवस्थापन हुन नसकेमा गम्भिर खाले पर्यावरणीय जोखिमहरु आइलाग्छन् । 

सन् २०२० मा ५ हजार, २०२५ मा ५० हजार र २०३० मा १० लाख हाइड्रोजन फिउल सेल गाडी सडकमा गुडाउने योजनामा रहेको उल्लेख गरिएको छ । 

मार्च १५ तारिखका दिन चीनको मन्त्रिपरिषद् जस्तै ‘स्टेट काउन्सील’ले संसद सामु वार्षिक सरकारी कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा ८३ वटा संशोधनहरु गर्‍यो । त्यसमध्ये एक इभी र हाइड्रोजन फिउल सेलका पुर्वाधारहरु निर्माणका सम्बन्धमा थियो । त्यस समयमा हाइड्रोजन फिउल सेल सम्बन्धी कुनै नीतिगत कुरा समावेश गरिएको थिएन । तथापी, प्रतिवेदनमा हाइड्रोजन फिउल सम्बन्धी जिकिर गरिएको त्यो नै पहिलो अवसर थियो । 

त्यसको ११ दिनपछि चीन सरकारले नयाँ इभी अनुदान नीति सार्वजनिक गर्‍यो । 

अप्रिल ११ तारिखका दिन राज्य सञ्चालित अङ्ग्रेजी राष्ट्रिय दैनिक ‘चाइना डेल्ली’ले प्रकाशन गरेको समाचारमा चिनियाँ उच्च अधिकारीहरु सन् २०२० मा ५ हजार, २०२५ मा ५० हजार र २०३० मा १० लाख हाइड्रोजन फिउल सेल गाडी सडकमा गुडाउने योजनामा रहेको उल्लेख गरिएको छ । 

अनुदानमा कटौती

चिनियाँ इभी निर्माताहरु अहिले नै पैसा गुमाउन थालिसकेका छन् । उदाहरणको लागि चाइनाको ‘स्टार’ स्थानिय ब्राण्ड ‘बीवाइडी’लाई लिन सकिन्छ । चिनियाँ मिडियाहरुका अनुसार यो ब्राण्डले बिगत ५ बर्षमा चीन सरकारबाट १ अर्ब डलरको अनुदान प्राप्त गरेको थियो । अब, यो त सिधै घट्ने भयो ।

यो क्षेत्रकै नाफा पनि घट्न थालिसकेको छ । बीवाइडीले सन् २०१८ मा सेयर धनीहरुलाई २ अर्ब ७८ करोड युआन लाभांश बाँढ्न मिल्ने बित्तिय प्रतिवेदन प्रकाशन गरेको थियो । यो अघिल्लो बर्षको भन्दा ३१.६ प्रतिशतले कम हो । यद्यपी बीवाइडीले धेरै पैसा ‘आर एण्ड डी’मा खर्च भएका कारण खुद नाफा घटेको बताएको छ ।  

मार्चमा स्वचालित इभी बनाउने विशेषज्ञ कम्पनी, जसले ६ महिना अघिमात्र सार्वजनिक सुचिकरण गरेको थियो, झण्डै ७४ करोड डलरको वार्षिक कारोबार र १ अर्ब ४४ करोड डलरको नोक्सानी देखाउने बित्तीय प्रतिवेदन सार्वजनिक गर्‍यो । साथै, कम्पनीले सांघाइमा बनाउने भनेको नयाँ प्लान्टको योजना पनि रद्द गरेको छ । मोर्गन स्टान्लीको रिर्पोटले पनि यो कम्पनीले दिनप्रतिदिन पैसा गुमाइरहेको जनाएको छ । 

नव उर्जा भेइकल (एनइभी) को अवधारणा आएको धेरै भैसक्यो । सन् २०१५ को पेरिस सम्झौताले धेरै देशहरुलाई यो बाटोमा ब्यवहारिक रुपमै हिँडायो । 

चिनियाँ राज्य सत्ताले अनुदान नदिएपछि त झन् यो क्षेत्र ध्वस्त नै हुने देखिन्छ ।

चीनमा इभीको उदय र अवसान

नव उर्जा भेइकल (एनइभी) को अवधारणा आएको धेरै भैसक्यो । सन् २०१५ को पेरिस सम्झौताले धेरै देशहरुलाई यो बाटोमा ब्यवहारिक रुपमै हिँडायो । 

चीन सरकारले यसलाई आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्ने अवसरका रुपमा लियो । र, अटो क्षेत्रको अनुयायीको भूमिकाबाट नेताको (लिडर) भुमिकामा उक्लने अवसरको रुपमा देख्यो ।

चिनियाँ सत्ताले सन् २०१५ मा सार्वजनिक गरेको दश बर्षे आर्थिक ‘ब्लूप्रिन्ट’मा यो क्षेत्रलाई राज्यले आक्रामक विकास गर्न चाहेको दश उच्च प्राविधिक क्षेत्र मध्यको एक क्षेत्रको रुपमा उल्लेख गरेको थियो । यो सँगै चीन सरकारले यो क्षेत्र लक्षित धेरै अनुदानका कार्यक्रमहरु अघि सा¥यो । सरकारी निकायहरुले केही प्रतिशत इभी किन्नैपर्ने बाध्यकारी नीति अघि सारियो । 

त्यतिमात्र नभई इभी किन्ने खरिदकर्तालाई पनि अनुदानको ब्यवस्था गरियो । यी सबै कारणले यो क्षेत्रले तिब्रत्तर विकास गर्‍यो । हाल चीन इभी बनाउने र किन्नेमा बिश्वकै ‘नेता’ हो । मोर्गन स्टेन्लेका अनुसार सन् २०२० सम्म विश्वब्यापी इभी बिक्रीको ५९ प्रतिशत चीनले नै ओगट्छ । (चाइना डेलिमेलबाट)


Back_to_top