टोयोटाको सस्तो प्रिमियम ह्याचव्याक कार ग्लान्जा भारतमा सार्वजनिक

काठमाडौं । टोयोटा किर्लाेस्कर मोटर्सले प्रिमियम ह्याचव्याक कार ग्लान्जा भारतीय बजारमा सार्वजनिक गरेको छ । चार भेरियन्टमा सार्बजनिक भएको ग्ल्यान्जाको लो भेरियन्टको मूल्य ७ लाख २२ हजार भारु तोकिएको छ भने टप भेरियन्टको मूल्य ८ लाख ९० हजार भारु निर्धारण गरिएको छ । 

यसमा अटोमेटीक क्लाइमेट कन्ट्रोल, हाइट एडजस्टेबल ड्राइभर सिट, ब्लुटुथको साथै ७ इन्चको टच स्क्रिन इन्फोटेमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, नेभीगेसन, भ्वाइस कन्ट्रोल, अलोय ह्वील, स्टेयरिंग  माउन्टेड अडियो कन्ट्रोल र पुश स्टार्ट बटन जस्ता फिचर दिइएको छ । 

यसको अलवा, डबल एयरब्याग, इबीडी, एबीएसको साथै रियर पार्किङ सेन्सर, लगायतका विशेषता दिइएको छ ।  ग्लान्जाको भि भेरियन्टमा भने, युभी कट अलोय ह्वील, एलइडी डिआरएलएस, टेल ल्याम्पको अलवा एलइडी ट्रिटमेन्ट,  लेदर फिनीश स्टेयरिंग ह्वील, फ्लो मि फक्शन, अटो हेडलाइट र रिभर्स क्यामरा जस्ता फिचर दिइएको छ ।

ग्लान्जामा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । यसले ८२ बिएचपी पावरका साथै ११२ एनएम टर्क उत्पादन गर्छ । यस्तै, ग्लान्जामा १.२ लिटर के१२सी डबल जेटमाइल्ड हाइब्रिड इन्जिनमा समेत उपलब्ध हुनेछ । यो इन्जिन भारतीय प्रदुषण मापदन्ड बीएस ६ अनुसारको रहेको छ । 

म्यानुअल गियरबक्ससँगै माइल्ड हाइब्रिड इन्जिन युक्त ग्लान्जाले प्रतिलिटर २३.८७ किलोमिटर माइलेज प्रदान गनेृ एआरआईले सटिफाई गरेको छ । यस्तै, १.२ लिटर पेट्रोल इन्जिनले भने प्रतिलिटर १९.५७ किलोमिटर माइलेज प्रदान गर्छ । 

यो कार मारुती सुजुकीको प्रिमियम ह्याचव्याक बलोनोलाई केही परिमार्जन गरी टोयोटाले आफ्नो ब्रान्ड नेमबाट बिक्री वितरण सुरु गरेको हो । भारतीय बजारमा आज सार्वजनिक भएपनि नेपाल आउँछ वा आउँदैन भन्ने बिषय अहिल्यै टुङ्गीएको छैन ।  


Back_to_top