यी हुन् २०१९ मा आएका कारमा प्रयोग हुने ८ नयाँ प्रविधि

काठमाडौं । प्रविधिको विकास सबै क्षेत्रमा तिब्र गतिमा भैरहेकै छ । अटो क्षेत्र मात्र प्रविधिको बाढिबाट अछुतो रहने कुरै भएन । यस क्षेत्रमा २०१९ सालको आधा बर्षमै धेरै विकासहरु भैसकेका छन् । 

अबका नयाँ गाडी खरिदकर्ताले गाडीको ‘हुड’ खोलेर केही सिक्ने प्रयास गर्नुभन्दा गाडीका प्रविधिबारे जानकारी हाँसिल गर्नु बढि प्रभावकारी हुन थालेको छ । यहाँ त्यस्तै केही नयाँ प्रबिधिका बारे चर्चा गरिएको छ । 

मोबाइल एपसँग ‘कनेक्सन’

अब स्मार्ट मोबाइलले मानिसको जीवनमा धेरै परिर्वतन गरिसकेको छ भनेर भन्नु खासै अत्युक्ति नहोला । गाडी चालकहरुलाई पनि मोबाइल फोनसँगको कनेक्सनले धेरै प्रभाव पारिसकेको छ । टाढैबाट ढोका खोल्न वा बन्द गर्न, इन्धन वा टायरको चाप जाँच गर्न, जाडो समयमा गाडी न्यानो बनाइराख्न टाढैबाट स्टार्ट गर्न मोबाइल एपको प्रयोग गर्न सकिने भैसकेको छ ।

युवा चालक प्रविधि

युवा चालकहरुले गाडीलाई गैरजिम्मेवार ढंगले चलाउन सक्छन् र आफु लगायत अन्य सडक प्रयोगकर्तालाई समेत जोखिममा तान्न सक्छन् । यस्तो समस्याको समाधानका लागि पनि प्रबिधि आइसकेका छन् । निश्चित गति भन्दा बढि कुदाएमा, सिटबेल्ट नलगाई गाडी चलाएमा अभिवावकले टाढैबाट गाडी बन्द गर्न सक्ने प्रविधि विकास भएको छ ।  

चोरीको गाडी ट्र¥याक गर्ने सफ्टवेयर

बिज्ञहरुका अनुसार सन् २०१९ मा बिश्वभर ७ लाख ५० हजार वटा गाडीहरु चोरी हुनेछ । तर, झण्डै ५० प्रतिशत गाडी फिर्ता ल्याउन सकिनेछ । त्यसको एक मात्र कारण हो गाडी निर्माता कम्पनीहरुले गाडीमा जडान गर्ने प्रविधि जसले कानुनी निकायलाई गाडी चोरी भएको संकेत गर्छ ।  

एडप्टिभ क्रुज कन्ट्रोल

यो प्रविधिले अगाडिको गाडीको गतिसँग आफ्नो गाडीको गति सन्तुलनमा राख्न मद्दत पु¥याउँछ । परिणाम स्वरुप गाडीको गति नियन्त्रण गरिराख्नुपर्ने र ब्रेक लगाइराख्नुपर्ने झन्झट बाट मुक्त भइन्छ । यो प्रविधिले गाडीलाई पूर्ण रुपमा रोक्न पनि सक्छ । 

मोटरसाइकल र साइकल चालकलाई जोगाउने प्रविधि

ब्यस्त सहरमा साइकल वा मोटरसाइकल चलाउन निकै खतरा हुन्छ । अर्पझट खुल्ने गाडीको ढोकाले मोटरसाइकल चालकलाई लडाइदिन सक्छ । यस्तोमा यो प्रविधिले सम्बन्धित सेन्सरको सहायताले चालकलाई ढोका खोल्नु अघि संकेत दिन्छ । 

रियर क्रस–ट्राफिक एर्लट 

पार्किङ लट धेरै दुर्घटना हुने स्थान मध्ये पर्छ । रियरभ्यू क्यामेरा भए पनि अन्य गाडीहरु, पैदल यात्री, सपिङ ट्रली आदिसँग गाडी ठोक्कीनु सामान्य हो । त्यसैले यो प्रविधिको सेन्सरले झट्ट आइपुग्ने पैदलयात्रु र अन्य गाडीसँग ठोक्किनबाट जोगाउँछ, ठूलो आवाज निकाल्दै चालकलाई सचेत तुल्याएर ।

लेन कटेको सुचना दिने प्रविधि

गाडी चलाउँदै गर्दा ध्यान भंग भएर गाडी यताउता जानु स्वभाविक हो । त्यसैले यो प्रविधिले गाडीले लेन काटे अडियो वा भिडियो मार्फत चालकलाई सुचित गर्दै गाडी सहि लेनमा ल्याउन सघाउँछ ।

३६० डिग्री क्यामेरा

पार्किङ गरिरहेको गाडीमा स–साना ठक्कार लाग्ने र त्यसको बीमा भुक्तानी दाबी गर्ने काम अटो क्षेत्रमा सामान्य हो । यस्तो अवस्थामा ३६० डिग्रीको क्यामेराले सबै तर्फको राम्रो तस्वीर लिन सक्ने हुनाले चालक, बीमा कम्पनी आदि सबैलाई यसले सहज बनाउने छ । 


Back_to_top