होण्डाका मोटरसाइकल र स्कुटर किन्दा २ वर्षको कर पूरै छुट

काठमाडौं । होण्डाको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्दा २ वर्षको सवारी कर पूरै छुट पाइने भएको छ ।

होण्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ल्याएको आकर्षक योजनामा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार होण्डाको जुनसुकै मोडल छनोट गरी खरिद गर्ने ग्राहकले २ वर्षको सवारी कर तिर्नुपर्दैन । कम्पनीले नै तिरिदिनेछ ।

कम्पनीका अनुसार अहिले होण्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा चालु आर्थिक वर्ष २०८२/८३ र आगामी आर्थिक वर्ष २०८३/८४ को सवारी करमा पनि पूर्ण छुट पाइने भएको हो ।

साथै, ग्राहकले फाइनान्स सुविधामा कुनै झन्झट बिनै सहजै कर्जा पाउने छन् । नागरिकता र ड्राइभिङ लाइसेन्सको भरमै सहज रूपमै कर्जा पाइने कम्पनीले जनाएको छ ।


Back_to_top