काठमाडौं । ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रमा इलेक्ट्रीक शटल बस संचालन गर्ने भएको छ ।
महानगरले बुधबार ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सम्पदा क्षेत्रमा वातावरणमैत्री ई-शटल बस संचालन गर्ने घोषणा गरेको हो ।
महानगरले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सहरी वातावरण सुधारका लागि नयाँ प्रविधि र विद्युतीय सवारी साधनको प्रयोग गर्ने नीति ल्याएको हो ।
महानगरले यसअघि नै फोहोरमैला संकलनमा विद्युतीय सवारी प्रयोग गर्दै आएको छ ।


