काठमाडौं । जर्मनीको प्रिमियम लग्जरी अटो ब्राण्ड पोर्श्चेले प्रत्येक कारमा झण्डै ७ लाख रुपैयाँ नोक्सानी व्यहोर्न थालेपछि धमाधम डिलर बन्द गर्न थालेको छ ।
परम्परागत प्रविधि (लिगेसी पर्फर्मेन्स आर्किटेक्चर)का कारण उपभोक्ताको माग घटेपछि पोर्श्चले चीनमा रहेका डिलरहरू बन्द गर्न थालेको हो । पोर्श्चेले हाल प्रतिकार २९४२ देखि ४४१३ अमेरिकी डलरसम्मको घाटा व्यहोरिरहेको छ ।
कम्पनीले आज (जुन ३०) देखि लागू हुने गरी चारवटा क्षेत्रीय डिलरशिपहरूको आधिकारिक बिक्री अनुमति (सेल्स अथोराइजेसन) खारेज गर्ने घोषणा गरेको आइटीहोमले पुष्टि गरेको हो । यसअघि नै मुख्य महानगरीय शोरुमहरू पूर्ण रूपमा बन्द भइसकेका थिए।
कम्पनीले चीनको हुआईआनमा गाडी बिक्रीको काम पूर्ण रूपमा बन्द गरिएको छ । त्यहाँका बाँकी ग्राहकहरूको मेन्टिनेन्स सेवालाई छिमेकी क्षेत्र याङ्झाउ र सुझाउका सेवा संजालहरूमा सारिएको छ। यसैगरी, जिनिङमा रहेको वितरण केन्द्रको स्वतन्त्र खुद्रा पहिचान समाप्त गरी यसलाई एक क्षेत्रीय व्यापार समूहको प्रणालीमा गाभिनेछ ।
कम्पनीले आफ्नो वित्तीय सन्तुलन जोगाउन यसअघि ग्राहकहरूको बायर्स डिपोजिट प्रोटेक्सन प्लान ल्याएको थियो। तर, हालको संकुचनले पोर्श्चेले चीनका मुख्य प्रान्तहरूमा आफ्नो पूर्वाधार सानो बनाउन ३० प्रतिशत डिलरहरू बन्द गर्न लागेको पुष्टि गर्छ । कम्पनीले चीनमा आफ्ना १५० वटा डिलरशिपहरूलाई घटाएर करिब ८० वटा क्षेत्रीय केन्द्रहरूमा सीमित गर्ने योजना बनाएको छ ।
यसले पोर्श्चेका उत्पादनहरूमा रहेको कमजोरीलाई थप प्रष्ट पारेको छ । हाल चीनका अत्याधुनिक र उच्च क्षमतायुक्त सफ्टवेयरमा आधारीत ईभीसँग पोर्श्चेका पुराना मेकानिकल प्लेटफर्महरूले प्रतिस्पर्धा गर्र्न निकै संघर्ष गरिरहेका छन् ।
यद्यपि, कम्पनीले ब्राण्डको साख जोगाउन अहिले आफ्नो इन्जिनियरिङ रणनीतिमा परिवर्तन गर्दै क्षेत्रीय ब्याट्री इन्टेलिजेन्स र डिजिटल क्याबिनको स्तरोन्नतिमा ध्यान केन्द्रित गर्न थालेको छ। कम्पनीले बजार विस्तार गर्नुभन्दा पनि व्यवसायलाई दिगो बनाउने रणनीति अपनाएको छ ।
चाइना अटोमोबाइल डिलर्स एसोसिएसनको तथ्यांक अनुसार चीनका प्रिमियम अटोमोटिभ शोरुमहरू गम्भीर वित्तीय घाटामा छन् । प्रतिवेदन अनुसार चिनियाँ बजारका ८१.९ प्रतिशत गाडी वितरकहरू लागतभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यताबाट गुज्रिरहेका छन् । उनीहरू लक्ष्य भेट्टाउन फ्याक्ट्रीको थोक मूल्यभन्दा कममा गाडी बेचिरहेका छन् । तीव्र प्रतिस्पर्धाका कारण नयाँ कारको कुल नाफा मार्जिन घटेर माइनस २५.५ प्रतिशत पुगेको छ।
सन् २०२५ मा कम्पनीको राजस्व घटेर ४१.३२ अर्बमा सीमित भएको थियो। गत वर्ष कम्पनीको विश्वव्यापी डेलिभरी १० प्रतिशतले घटेर २ लाख ७९ हजार ४४९ युनिटमा झरेको छ थियो । चिनियाँ बजारमा यसको बिक्री २६ प्रतिशतले घटेर ४१ हजार ९३८ गाडीमा सीमित भएको छ।
सन् २०२६ को पहिलो त्रैमासिकको तथ्याङ्कले यो गिरावट अझ तीव्र भएको देखाउँछ। यस अवधिमा अन्तर्राष्ट्रिय डेलिभरी १५ प्रतिशतले घटेर ६० हजार ९९१ युनिटमा झरेको छ । सोही अवधिमा चीनमा पोर्श्चेको डेलिभरी २१ प्रतिशतले घटेको छ।


