होङछीको नयाँ एसयूभी ‘टियाङगोङ-०८’ को प्रि-बुकिङ खुला

काठमाडौं । चिनियाँ अटो निर्माता एफएडब्लू होङछीले आफ्नो नयाँ प्योर इलेक्ट्रीक कार टियाङगोङ-०८ ६७० म्याक्सको प्रि-बुकिङ खुला गरेको छ । केही अन्तर्राष्ट्रिय बजारमा होङछी ईएचएस सेभेन नामबाट बिक्री हुने नयाँ एसयूभी २६ हजार ४०० अमेरिकी डलर मूल्य तोकेर बुकिङ खुल्ला भएको हो ।

होङछी टियाङगोङ प्योर-इलेक्ट्रिक मोडुलर प्लेटफर्ममा आधारित यो एसयूभी पहिलो पटक सन् २०२४ को नोभेम्बरमा सार्वजनिक गरिएको थियो । कम्पनीले अहिले नयाँ ६७० म्याक्स भेरियन्ट थपेको हो ।

टियाङगोङ-०८ अगाडिको भागमा बन्द गरिएको ग्रिल छ । होङछीको इल्युमिनेटेड लोगो, एल आकारको स्प्लिट एलईडी हेडलाइट र पछाडिको भागमा फुल विथ एलईडी लाइट बार तथा एरोडाइनामिक स्पोइलर दिइएको छ ।

कम्पनीले यसमा २१ इन्चको स्पोर्ट्स अलोय ह्विल दिएको छ । नयाँ एसयूभीको लम्बाइ ४,९२५ एमएम, चौडाइ १,९५० एमएम र उचाइ १,६८० एमएम छ । यसमा ह्विलबेस भने ३,००० एमएम लामो पाउन सकिन्छ ।

यसको इन्टेरियरमा नयाँ पुस्ताको ‘लिङ्सी स्मार्ट ककपिट पाउन सकिन्छ । १५.६ इन्चको डुअल स्क्रिन सेटअप र ६५.५ इन्चको अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले दिइएको छ । चालक र अगाडिको यात्रुका लागि आरामदायी ‘क्लाउड इन्जोय’ सिट, २५६ रङको एम्बियन्ट लाइटिङ, प्यानोरामिक सनरुफ प्रयोग गरिएको छ ।

टियाङगोङ-०८ ६७० म्याक्समा कम्पनीको सिनान लेभल टु ड्राइभिङ असिस्ट सिस्टम दिइएको छ । ८०० भोल्टको उच्च भोल्टेज प्लेटफर्ममा आधारित भएको कारण यसलाई तिब्र गतिमा चार्ज गर्न सकिन्छ । यसमा २५७ किलोवाटको विद्युतीय मोटर प्रयोग भएको छ । यसको पीकटर्क ४५० एनएम छ ।

कम्पनीका अनुसार ८५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको एसयूभीले सिंगल चार्जमा सीएलटीसी मापदण्ड अनुसार ६७० किलोमिटरसम्म रेन्ज दिनेछ ।


Back_to_top