काठमाडौं । गण्डकी प्रदेश सरकारले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा जलेका सवारी साधनको लगता कट्टा गर्दा २ वर्षको कर छुट दिने भएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याएको ‘आर्थिक विधेयक २०८३’ मार्फत उक्त छुट दिएको हो ।
गण्डकीले आन्दोलनमा जलेर नष्ट भएका सवारीधनीले २०८४ वैशाखभित्र आफ्नो सवारीको लगत कट्टा गर्न आएमा आव २०८२/८३ र २०८३/८४ को सवारी साधन कर, नवीकरण शुल्क, लगत कट्टा दस्तुर र सो बापत लाग्ने सम्पूर्ण जरिवाना समेत छुट दिने भएको हो ।
‘भाद्र २३ र २४ गतेको घटनामा जलेर नष्ट भएका सवारी साधनको मिति २०८४ वैशाख मसान्तभित्रलगत कट्टा गर्नआएमाआर्थिक वर्ष २०८२/८३ र २०८३/८४ को सवारी साधन कर, नवीकरण शुल्क तथा लगत कट्टा दस्तुर र सो बापत लाग्ने सम्पूर्ण जरिवानामा छुट दिइनेछ,’ आर्थिक विधेयकमा भनिएको छ ।
त्यस्तै, प्रदेशले विगत लामो समयदेखि सवारी साधन कर र नवीकरण वैशाख मसान्तसम्म लगत कट्टा गर्न आएमा आर्थिक वर्ष २०८०/८१ देखि हालसम्म लाग्ने सवारी साधन कर र नवीकरण शुल्क बुझाएमा बाँकी सवारी साधन कर, शुल्क र जरिवाना छुट दिएको छ ।


