ढुक्कसँग ईभी चढ्न पूर्वाधार थप्नु पर्छ : श्याम रेग्मी (भिडियोसहित)

चितवन । मेरोअटो ग्राउण्ड रियालिटीमा ईभी र पेट्रोलियम पदार्थबाट चल्ने कारका आ-आफ्ना विशेषता रहेको विषय उठान भयो ।

यस विषयमा धारणा राख्दै रिकन्डिसन व्यवसायमा संग्लन व्यवसायी श्याम रेग्मीले ईभीको पूर्वाधार ढुक्क हुनेगरी बनाउनु पर्ने बताए ।  चितवन ह्वील्सका संचालक  समेत रहेका उनले भने, ‘अहिले राती अकस्मात लामो यात्रामा निस्कनु परेको खण्डमा ईभी सहज छैन । रातको समयमा चार्जिङ पूर्वाधार ढुक्क हुने अवस्था छैन । यदि, गाडीमा २० प्रतिशत चार्ज छ, रातीनै काठमाडौं जानु परे सम्भव छ त ? उनको प्रश्न थियो ।’

ईभीमा उच्च आकर्षण रहेको बताउँदै रेग्मी भन्छन्, ‘ईभी एक वर्ष पुरानो भए पनि कर्जा पाइँदैन । न इन्भेस्टमेन्ट कम्पनीले कर्जा दिन्छन्, न त पहिला ७ वर्षको लागि कर्जा दिएका बैंक नै नयाँ किन्नेलाई कर्जा दिन्छन् । सरकारको लक्ष्य ईभीको प्रयोग बढाउने छ । वित्तीय संस्थाको लक्ष्य थप कर्जा लगानी गर्नेमा छैन ।’

यसले ईभीमा अझै थुप्रै काम गर्न बाँकी रहेको हुन सक्ने उनको बुझाई छ । त्यसैले ईभीमा जाँदा पूर्वाधारमा लगानी बढाउँदै लानु पर्छ । भोलिका दिनमा ईभी र पेट्रोल होइन सवारी साधनको कारोबार भन्ने अवस्था आउन सकेमात्रै समग्र अटोमोबाइल क्षेत्रको विकास सम्भव रहेको उनको धारणा थियो । अटो क्षेत्रका बारेमा रेग्मीसँग गरिएको पूरा संवाद भिडियोमा हेर्नुहोस् ।


Back_to_top