दैनिक १०२ रुपैयाँमा नयाँ ‘पल्सर १५०’

काठमाडौं । बजाजका मोटरसाइकल किन्न चाहने आकर्षक इएमआई सुविधा पाउने भएका छन् । बजाजले सरल मासिक किस्ता योजना सार्वजनिक गर्दै मोटरसाइकल किन्न सहज बनाएको हो ।

बजाजको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले पल्सर १५० मोडल मासिक १०२ रुपैयाँभन्दा कम मकिसता वापत बुझाएर किन्न सकिने बनाएको हो । यसले पठाओ तथा अन्य राइड सेयरिङ कम्पनीमा काम गर्न चाहनेको लागि निकै सजिलो बनाएको छ ।

कम्पनीले त्यतिकै यो स्कीम ल्याएर मोटरसाइकल दिन लागेको भने होइन । कम्पनीले यसअघि अधिकतम ३६ महिनासम्मको किस्ता सुविधा उपलब्ध गराएकोमा अब ६० महिनाको किस्तामा मोटरसाइकल दिन लागेको हो । धेरै अवधिको किस्ता भएको कारण यसको दैनिक किस्ता १०२ रुपैयाँभन्दा कम परेको हो ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा आएको यस स्कीम अनुसार मासिक ३ हजार ५४ रुपैयाँ किसता तिर्नेगरी पल्सर १५० किन्न पाइने भएको हो । त्यसैले दैनिक किस्ता वापतको रकम १०२ रुपैयाँ छुट्याउदा पुग्ने देखिएको हो ।

कम्पनीले यस योजनामा ऋणको अवधि बढाउनुका साथै ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरेको छ । यसले ग्राहकको मासिक आर्थिक भार थप कम गर्न सहयोग गरेको हो ।

यो स्कीम बजाजका अन्य मोडलमा पनि उपलब्ध छ । कम्पनीका अनुसार प्लाटिना १०० ईएस किन्नेले दैनिक ७१ रुपैयाँ मात्रै किस्ता वापत छुट्याउँदा पुग्छ ।

कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता बुझेर स्वामित्वलाई अझ पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको योजना हो ।

मोटरसाइकलको मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने अवस्थालाई ध्यानमा राख्दै बजाजले ऋण अवधि विस्तार र ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ ।

एचएच बजाजका अनुसार ग्राहकको सुविधालाई केन्द्रमा राखेर गरिएको यस निर्णयले अझ धेरै नेपालीलाई सहज मासिक किस्तामार्फत आफूले चाहेको बजाज मोटरसाइकलको स्वामित्व लिन मद्दत गर्नेछ । कम्पनीले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बजारको मागअनुसार यस्ता ग्राहकमैत्री योजना ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

हुलास फिनसर्भ मार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका बजाजका शोरुमहरूबाट लिन सकिने कम्पनीले जनाएको छ ।


Back_to_top