काठमाडौं । कुनै पनि गाडी जति धेरै चलायो, त्यति नै धेरै त्यसको राम्रो र कमजोर पक्ष थाहा पाइने हो । यस पटक हामीले बीवाइडी एटो-२ लाई करिब ७५० किलोमिटरभन्दा बढीको ड्राइभ गरेका थियौं ।
काठमाडौंबाट हेटौंडा हुँदै चितवनसम्मको यात्रापछि नारायणगढबाट सुनौली बोर्डरसम्मको यात्रा पहिलो दिन भएको थियो । दोस्रो दिन भैरहवाबाट पाल्पा हुँदै पोखरासम्म चलाएका थियौं । तेस्रो दिनको यात्रा पोखराबाट गोरखा हुँदै नुवाकोटको बाटो भएर काठमाडौं ल्याइएको थियो ।
यस दौरान गाडीले कच्ची, पक्की, एशियन स्टायडर्डको हाइवे, पहाडी उकालो, ओरालो, सार्प टर्निङहरु सबै किसिमका बाटाहरु हाकीले भेट्टायौं । भिषण पानी परेको समयमा पनि यसलाई चलाइयो ।
यति लामो ड्राइभपछि हाम्रो निस्कर्ष कस्तो रह्यो भन्ने जान्न तल दिइएको भिडियो हेर्नुहोला । यहाँ यसको बलियो पक्ष, धेरै बिक्री हुनुका कारण र ड्राइभिङ अनुभवका बारेमा खुलेर चर्चा गरिएको छ ।


