सुजुकी जिक्सर–१५५ नयाँ अवतारमा

सुजुकी जिक्सर–१५५ नयाँ भर्सनको तस्वीर बाहिर आएको छ । बाहिरिएको तस्बीर अनुसार नयाँ आउने सुजकी जिक्सर–१५५ हालै सार्वजनिक भएको सुजुकी जिक्सर २५० एसएफ को नेकेड डिजाइन रहेको छ ।

जिक्सर १५५ नयाँ डिजाइनका साथ नयाँ इन्स्टुमन्टे कल्सटर दिइएको छ । साथै यसको रेगुलर भर्सनमा रहेको हेलोजिनक हेडल्याम्पलाई एलइडी हेडल्याम्पले बिस्थापन गरेको छ । यसको सिगंल पिस सिटलाई हटाएर दुर्ई स्टेप सिट, नयाँ ग्रयाबरेल तथा एलइडी टेलल्याम्प दिइएको छ । 

यसका साथै जीक्सर एसएफ २५० कै समान ट्रवीन होल साइलेन्सर रहेको छ । यो स्ट्रीट फाइटर सिल्भर कलरमा फिनिसिङ दिइएको छ । 

साथै सुरक्षा फिचरलाई मध्यनजर गर्र्दै डबल डिस्क ब्रेकसहित सिगंल च्यानल एबीएस दिइएको छ ।

नयाँ सुजुकी जिक्सर मा १५४.९ सीसी सिगंल सिलिन्डर, एयरकूल्ड इन्जिन रहेको छ । यो इन्जिनले १४ पीएस तथा १४ एनएम टर्क जनेरेट गर्छ । कम्पनीले यसमा ५ स्पीडको गियर बक्सलाई निरन्तरता दिएको छ ।

यसको फ्रन्टमा रेगुलर टेलिस्कोप फर्क र रियरमा मोनोशक रहेको छ । १७ इन्चको अलोय ह्वील रहेको छ । यसमा १२ लिटरको फ्यूल ट्याङक रहेको छ । यो बाइकको मूल्य  १ लाख १० हजार भारु पर्ने अनुमान गरिएको छ । 

यसले सीबी हर्नेट १६०, टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड भी २ सँग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top