काठमाडौं । जेएसडब्लू एमजी मोटर इण्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र ई ड्राइभ नेपाल बीच ५० वटा अत्याधुनिक एमजी विन्डसर कम्युट उपलब्ध गराउने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ ।
ई ड्राइभले फ्लीट सेवा संचालनका लागि ५० वटा एमजी विन्डसर कम्युट ईभी लिने भएको हो । सोमध्ये, पहिलो चरणमा बिहीबार १६ वटा सवारीसाधन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। बाँकी सवारी चरणबद्ध रुपमा हस्तान्तरण हुने कम्पनीले जनाएको छ ।
यो प्रारम्भिक हस्तान्तरणसँगै नेपालमा विद्युतीय सवारीसाधनलाई व्यावसायिक फ्लीटमा समावेश गर्ने दिशामा नयाँ अध्यायको सुरुवात भएको छ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशकआकाश गोल्छाले ई ड्राइभ नेपालसँगको साझेदारी दिगो र अत्याधुनिक सवारीसाधनमार्फत नेपाली बजारमा नयाँ पुस्ताको मोबिलिटी समाधान उपलब्ध गराउने बताए ।
‘५० वटा एमजी विन्डसर ईभी को खरिदले नेपालको व्यावसायिक क्षेत्रमा विद्युतीय गतिशीलताप्रतिको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। ई ड्राइभ नेपाल सँगको हाम्रो साझेदारी दिगो र अत्याधुनिक सवारीसाधनमार्फत नेपाली बजारमा नयाँ पुस्ताको मोबिलिटी समाधान उपलब्ध गराउने हाम्रो दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। एमजी विन्डसर कम्युट ले आराम, प्रविधि र दक्षताको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने भएकाले आधुनिक फ्लीट सञ्चालनका लागि यो एक उपयुक्त विकल्प हो,’ उनले भने ।
एमजी विन्डसर कम्युट ईभी फ्लीट सञ्चालनका लागि उपयुक्त विद्युतीय सवारी हो । यसमा आराम, कार्यक्षमता र प्रविधिको उत्कृष्ट संयोजन प्रदान गर्ने विभिन्न विशेषताहरू रहेका छन्।
यसमा १०० किलोवाटको मोटर छ । जसले २०० न्युटन टर्क प्रदान गर्छ । कम्युट ईभीमा ३८किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसले एकपटकको चार्जमा ३३० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
यसमो क्याबिन आकर्षक र प्रिमियम छ । यसमा रहेको अत्याधुनिक १३५ डिग्रीसम्म रिक्लाइन हुने एरो लाउन्ज सिटले यात्रुलाई उच्चस्तरीय आराम प्रदान गर्दछ।
र्यापिड चार्जिङ क्षमताका कारण चार्जिङमा लाग्ने समय कम हुनुका साथै फ्लीट सञ्चालनमा हुने डाउनटाइमलाई न्यून गर्न मद्दत गर्दछ।
कम्पनीले सर्भिस तथा स्पेयर पार्ट्सको सहज उपलब्धताको सुनिश्चित गरेको छ । कम्पनीले यसको मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर, जुन पहिले आउँछ, सम्मको वारेन्टी उपलब्ध छ।
त्यस्तै, मोटर बाहेक सम्पूर्ण सवारीसाधनमा व्यावसायिक प्रयोगका लागि ३ वर्ष वा १ लाख किलोमिटर, जुन पहिले आउँछ, सम्मको वारेन्टी रहेको छ।
१८६ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले एमजी विन्डसर ईभीलाई नेपालको विविध तथा चुनौतीपूर्ण सडक अवस्थाका लागि समेत उपयुक्त बनाउँछ।


