के हुँदैछ नामी भिगोमा, घट्ला मूल्य ?

काठमाडौं । डोङफेङ नामी भिगोमा थप केही आउने कुरा आधिकारीक बिक्रेताले जनाएको छ । नामीको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले आफ्‌नो आधिकारीक फेसबुक पेज ‘डोङफेङ नेपाल’मार्फत नयाँ केही आउँदै गरेको जनाकारी बाहिर ल्याएको हो ।

यही साता बजारमा आउने बताइएको नयाँ मोडल अरु नभएर अहिले निकै चल्तीमा रहेको भिगो एसयूभी मोडल हो । कम्पनीले यसमा नयाँ भेरियन्ट थप गर्न लागेको बुझ्‌न सकिन्छ ।

कम्पनीले सार्वजनिक गरेको टिजर अनुसार नयाँ मोडल भिगो मुनरुफ बीना नै आउन लागेको बुझ्‌न सकिन्छ । अहिले मुनरुफ सहित बिक्री हुँदै आएको भिगो एसयूभी मेटलको छत लागेर आउँदा मूल्य पनि कम हुने अनुमान छ । यसको आधिकारीक पुष्टी भने कम्पनीले गरिसकेको छैन ।

क्रसओभर गाडीहरु नाइमा मोविलिटी एक्स्पोमा निकै प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएको कारण सम्भवत भिगोको मूल्य पहिलेभन्दा आकर्षक हुने अनुमान लगाउन सकिन्छ ।

भिगो एसयूभीमा न्याभ, रेस्ट र स्नो मोड मध्ये छानेर एसी चलाउन मिल्छ । भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ । यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।

कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका दुई सिट बेडकै रूपमा तयार गर्न मिल्नेगरी दिएको छ ।

नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ । १६७ किलोवाटको डीसी फास्ट चार्जर यसले सपोर्ट गर्नेछ । यसमा बाहिर पनि स्पीकर छ ।

एडास लेभल टु, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ । वेलकम साउण्ड, १८ इन्चको ह्वील, अटोमेटिक हाइल र लो बीम छनोट गर्ने हेडलाइटले चालकलाई राती गाडी चलाउन निकै सहज बनाउँछ ।

कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ । एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचरले चालकलाई लोभ्याउँछ । बाहिर टी आकारमा सजिएको एलईडी हेडल्याम्प, ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले फरक लुक्स प्रदान गर्छ ।

अहिले दुई ब्याट्री अप्सनमा बिक्री हुँदै आएको भिगो एसयूभीमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री छ । जसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपी टेस्टले देखाएको छ ।

तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।

यसमा ६ एयरब्याग, एडास र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरको कारण एसयूभी सुरक्षित बनाएको छ ।


Back_to_top