बुधबार लन्च हुँदै नयाँ भिगो ई २ एसयूभी

काठमाडौं । नेपालमा नामी भिगोको नयाँ भेरियन्ट सार्वजनिक हुने भएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले बुधबार (भदौ ३ गते) नयाँ नामी भिगो ई २ बिक्री सुरू गर्ने भएको हो ।

नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । कम्पनीले नयाँ भिगोमा के के फिचर थपिएर/घटेर आउँदै छ भन्ने जानकारी गराएको छैन। तर, कम्पनीले सार्वजनिक गरेको टिजर अनुसार नयाँ मोडल भिगो मुनरुफ बिना नै आउन लागेको बुझ्न सकिन्छ । मुनरुफ हटेकाले मूल्य समेत सस्तिने अनुमान छ ।

भिगो ई २ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। नेपालमा नामीले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । हालसम्म देशभर २,००० भन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा छन्।

भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा लगायतका चुनौतीपूर्ण गन्तव्यहरूमा आफ्नो क्षमता पनि प्रदर्शन गरिसकेको छ। यस्ता वास्तविक यात्राहरूले भिगोलाई भरपर्दो र प्रमाणित इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेका छन्।

नयाँ भिगो ई २ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनेछ। दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि सक्षम इलेक्ट्रीक एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यसलाई डिजाइन गरिएको कम्पनीले जनाएको छ।

हाल नामी भिगो एसयूभी ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध छ । यसको रेन्ज क्रमशः ३०० र ३५० किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसले १६७ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

भिगो एसयूभीमा न्याभ, रेस्ट र स्नो मोड मध्ये छानेर एसी चलाउन मिल्छ । भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ । यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।

कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका दुई सिट बेडकै रूपमा तयार गर्न मिल्नेगरी दिएको छ । नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ । यसमा बाहिर पनि स्पीकर छ ।

एडास लेभल टु, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ । वेलकम साउण्ड, १८ इन्चको ह्वील, अटोमेटिक हाइल र लो बीम छनोट गर्ने हेडलाइटले चालकलाई राती गाडी चलाउन निकै सहज बनाउँछ ।

कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ । बाहिर टी आकारमा सजिएको एलईडी हेडल्याम्प, ट्रयाङ्गुलर पिक्सेल टेल लाइटले फरक लुक्स प्रदान गर्छ ।

तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।

यसमा ६ एयरब्याग, एडास र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरको कारण एसयूभी सुरक्षित बनाएको छ ।


Back_to_top