यी हुन् नाडामा सहभागी हुने १२ दुईपाँग्रे ब्राण्ड

काठमाडौं । यही भदौ ९ गतेदेखि सुरू हुने नाडा अटो शो २०२६ मा एकजर्दन दुईपाँग्रे ब्राण्ड सहभागी हुने भएका छन् ।

आइतबार सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा सहभागी भएकासहित १२ ब्राण्डले नाडा अटो शोमा आफ्नो स्टल राख्ने भएका हुन् ।

नाडाका अनुसार यस वर्षको अटो शोमा नेपालसहित भारत, चीन लगायत देशका दुईपाँग्रे ब्राण्डले सहभागिता जनाउँदै छन् ।

नाडा अटो शोको मुख्य आकर्षण नेपालमै उत्पादन भएको यात्री पी २ इलेक्ट्रीक स्कुटर रहने छ । सिप्रदी यात्रीले संयुक्त रूपमा निर्माण गरेको पी २ पहिलोपटक नाडामा प्रदर्शन गर्न लागिएको हो ।

नाडामा रोयल इनफिल्ड सहभागी हुँदैछ । त्यस्तै, हिरो मोटरसाइकल र हिरो अन्तर्गतकै ईभी ब्राण्ड भीडाले आफ्ना दुईपाँग्रे सवारी प्रदर्शन गर्नेछन् ।

चिनियाँ ब्राण्ड क्युजे र मेटा ईभीले नाडामा पहिलो पटक सहभागिता जनाउने भएका छन् । भारतमा उत्पादित रेभोल्ट र एम्पेयरका इलेक्ट्रीक दुईपाँग्रेले नाडामा सहभागीता जनाउँदैछन् ।

नाडा अटो शो २०२६ मा नयाँ मोटरसाइकल भित्र्याउने तयारीमा रहेको यामाहासँगै भेष्पा अप्रिलिया पनि नाडा अटोशो २०२६ मा सहभागी ब्राण्ड हुन् ।

चिनियाँ मोटरसाइकल ब्राण्ड जोनसेन र एमसी अटोले पनि नाडा अटो शोमा सहभागिता जनाउँने छन् ।


Back_to_top