काठमाडौं । यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र), इटहरीको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी स्वास्थ्य परीक्षण (निरोगिता परीक्षण) सेवा रोकिएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै ‘डाक्टर पोर्टल’मा भदौ ४ देखि प्राविधिक समस्या देखिएकाले स्वास्थ्य परीक्षण सम्बनधी सेवा प्रभावित भएको जानकारी गराएको हो ।
डाक्टर पोर्टल प्रणालीमा समस्या आउँदा नयाँ लाइसेन्स, नवीकरण, प्रतिलिपि तथा थप दर्ता प्रक्रियाका लागि गरिने निरोगिता परीक्षण रोकिएको कार्यालयले जनाएको छ ।
प्रणालीमा समस्या समाधान हुने बित्तिकै सेवा पुनः सुचारु हुने कार्यालयले जनाएको छ । साथै, सेवा स्थगनका कारण सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ ।



