क्रुज कन्ट्रोल भएको हिरो ग्ल्यामर एक्स नाडामा लन्च हुने

काठमाडौ । हिरोको क्रुज कन्ट्रोल फिचर भएको ग्ल्यामर एक्स १२५ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ ।

नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले भदौ ९ गतेदेखि सुरू हुने नाडा अटो शोमा सार्वजनिक गर्ने भएको हो ।

हिरो ग्लामर एक्स १२५ सीसी सेग्मेन्टमै क्रुज कन्ट्रोल भएको पहिलो मोटरसाइकल हो । यसमा क्रुज कन्ट्रोलका साथै अन्य निकै फिचरहरू पाउन सकिन्छ ।

हिरो ग्ल्यामर एक्समा १२४.७ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ११.४ ब्रेकहर्स पावर र १०.५ न्युटन मिटर टर्क जेनेरेट गर्छ । स्मुथ राइड प्रदान गर्नका लागि कम्पनीले यसमा ब्यालेन्सर सफ्ट र साइलेन्ट केमचेन दिएको छ।

साथै, यो मोटरसाइकलमा ६० भन्दा धेरै फङसन भएको ब्लुटूथ कनेक्टिभिटी सहितको पूरा डिजिटल एलसीडी क्लस्टर छ । यसलाई हिरोले इन्टेलिजेन्ट राइड टेक्नोलोजीका रूपमा प्रस्तुत गरेको हो ।

हेड टर्निङ स्टाइल र डाइमण्ड फ्रेममा निर्माण भएको यस मोटरसाइकलमा पूरा एलईडी लाइटिङ सेटअप, टाइप सी चार्जिङ पोर्ट, टर्न बाई टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, प्यानिक ब्रेक अलर्ट, गियर इन्डिकेटर, फ्युल इफिसियन्सी डाटा, रेन्ज टु एम्टी, ब्राइटनेस एड्जस्ट्मेन्ट सिस्टम र इको, रोड, पावर गरि तीन राइड मोड लगायतका फिचरहर पाउन सकिन्छ ।

त्यसैगरी, ग्ल्यामरमा हिरो ब्राण्डेड अण्डर सिट स्टोरेज, लामो ह्याण्डलबार, ट्यांक नी प्याड, एरोडाइनामिक भाइजर, इन्जिन गार्ड, प्यान र फेन्डर एक्सटेन्सन, नयाँ बास हेभी सिग्नेचर एग्जस्ट, सिंगल पिलियन सिट, नाइलन ग्रिप टायर, अलोय ह्वील, डिस्क ब्रेक, टेलिस्कोपिक फर्क र ५ स्टेपको एड्जस्टेबल हाइड्रोलिक अब्जर्बार रहेको छ ।

यो नेपाली बजारमा धेरै आधुनिक फिचर भएको पहिलो १२५ सीसी क्षमताको मोटरसाइकल समेत हुनेछ ।


Back_to_top