चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले भारतमा दोस्रो बस उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ । भारतीय साझेदारसँगको समन्वयमा बीवाईडीले बस बनाउने प्लान्ट स्थापना गर्न लागेको हो ।
भारतीय साझेदार ओलेक्ट्रा ग्रिनसँग बीवाईडी अटोले इलेक्ट्रीक बस बनाउन सान्यवय गर्ने तय भइसकेको छ । सो प्लान्ट उत्तर भारतमा राखिने बताइएपनि ठाउँ भने सार्वजनिक गरिएको छैन ।
नयाँ प्लान्ट स्थापनाका लागि कनार्टक राज्य सरकारसँग कुरा गरिरहेको छ । हाल बीवाईडीले तेलंगनामा रहेको प्लान्टबाट इलेक्ट्रीक बस उत्पादन गरि भारतका विभिन्न स्थानमा सप्लाई गरि रहेको छ ।
ओलेक्ट्रा र बीवाईडीले मार्च २०२० सम्ममा ५ सय इलेक्ट्रीक बस सप्लाई गर्ने घोषणा गरेका छन् । त्यस्तै २०२१ को मार्चसम्ममा भारतमा २ हजार इलेक्ट्रीक बस बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
बीवाईडीले भारतमा उत्पादन गर्ने इलेक्ट्रीक बसले एक पटकको फुल चार्जमा ३ सय किलोमिटरभन्दा बढी माइलेज दिने छन् । भारतमा टाटा, अशोक लेल्याण्डलगायत सवारी उत्पादकले पनि इलेक्ट्रीक बस उत्पादन गरि रहेका छन् ।

