इलेक्ट्रीक तथा स्वचालित कार बनाउन फोर्ड र फक्सवागनले साझेदारी गर्ने

पछिल्लो समय विश्वका ठूला तथा प्रतिस्पर्धी सवारी उत्पादक कम्पनीहरुबीच साझेदारी गर्ने क्रम बढ्दो छ । विभिन्न कम्पनीले एक आपसमा नयाँ प्रविधिको विकास तथा त्यसमा आधारित सवारी बनाउन साझेदारी गर्न थालेका हुन् । 

सवारी उत्पादक कम्पनीहरु पुरानै कार बनाउने भन्दा पनि इलेक्ट्रीक तथा स्वचालित (अटोनोमस) कार बनाउने तर्फ केन्द्रीत भएका छन् । यस्ता कारलाई भविष्यको कारको रुपमा लिइएको छ । 

अमेरिकी कार उत्पादक कम्पनी फोर्ड र जर्मन कम्पनी फक्सवागनले स्वचालित र इलेक्ट्रीक कार उत्पादनमा साझेदारी गर्ने विषय अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । 

हाल स्वचालित कारका रुपमा गुगलको वेमो र जनरल मोटर्सको क्रुज रहेका छन् भने फोर्डको अटोनोमस योजना आर्गो एआईमा फक्सवागनले लगानी गर्ने भएको छ । दुई कम्पनीको साझेदारी टुंगिएमा आर्गो एआईमा फक्सवानले लगानी गर्नेछ । 

दुई कम्पनीबीच के र कस्तो मोडलमा लगानी गर्ने र इलेक्ट्रीक सवारी उत्पादनलाई प्राथमिकता दिने विषयमा केही बाहिरिएको छैन । 


Back_to_top