काठमाडौं । हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशमा राजन पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई महानिर्देशमा नियुक्त गरेको हो ।
प्राधिकरणमै वरिष्ठ उपमहानिर्देशक रहेको पोखरेल यसअघि निमित्त महानिर्देशक थिए । यसअघि प्राधिकरणकोे महानिर्देशक सञ्जीव गौतम चार वर्षे कार्यकाल सकिएपछि महानिर्देशक पद रिक्त थियो ।
पोखरेल २०४७ सालमा प्राविधिक अधिकृतका रुपमा तत्कालिन हवाई विभागमा प्रवेश गरेका थिए । हवाई विभाग खारेज भइ प्राधिकरण गठन भएपछि उनी प्राधिकरणमा कार्यरत थिए ।

