महिन्द्राले बनाउँदै तीन इलेक्ट्रीक कार, माइलेज ४०० किमिसम्म

काठमाडौं । पर्यावरणीय सन्तुलन, प्रदूषण नियन्त्रणको उपाय तथा इन्धनबाटबाट चल्ने सवारीको विकल्पको रुपमा लिइएको इलेक्ट्रीक सवारी सधानको प्रयोग अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको छ । 

नेपाली बजारमा विगत १० वर्षदेखि इलेक्ट्रीक गाडीको बिक्री वितरण हुँदै आएको भएपनि विगत एक वर्षदेखि संख्यात्मकरुपमा यसको बिक्री बढेको छ । 

पछिल्लो समय संसारभरका विभिन्न अटोमोबाइल कम्पनी इलेक्ट्रीक सवारी साधनको उत्पादनमा केन्द्रीत भएका छन् । यस्तोमा भारतीय बजारमा उत्पादन हुने सवारीसाधनमा हाम्रो आउने हुँदा त्यसलाई हामीले नजिकबाट नियाल्दै आएका छौं । महिन्द्र एक्लै र फोर्डसँग मिलेर भारतमा उत्पादन गर्दै गरेका तीन इलेक्ट्रीक गाडी यस्ता रहेका छन् । 

महिन्द्रा इ केयूभी १००

भारतीय गाडी उत्पादक कम्पनी महिन्द्राले ‘इ केयूभी १००’ उत्पादन गरिरहेको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रीक कारमा ३० किलोवाटको मोटर र लिथियम  आयन व्याट्री दिने जनाएको छ । 

नयाँ इ–केयूभी १०० मा समयानुकुल अपडेट हुने क्षमतासहितको व्याट्री प्रयोग हुनेछ । इ–केयूभी १०० ले फुल चार्जमा १ सय ४० किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ । 

यो कारमा फास्ट चार्जिङको सुविधा समेत हुनेछ । फास्ट चार्जरले चार्जगर्दा ३० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ । यो कारमा स्मार्टफोन कनेक्टिभिटी, क्याबिन प्रि–कुलिङ, लोकेसन ट्राकिङ लगायत विशेषता दिइने छ । २०१८ को अटोएक्स्पोमा प्रदर्शन गरको महिन्द्रा ‘इ केयूभी १००’ ले निकै राम्रो बजार पाउने कम्पनीले विश्वास लिएको छ । 

फोर्ड एस्पाएर इभी


फोर्डले महिन्द्रासँगको सहकार्यमा निर्माण गरि रहेको फोर्ड एस्पायर इभी  पूर्ण इलेक्ट्रीक कारको आगामी वर्ष भारतमा सार्वजनिक हुने भएको छ । यसमा ३८० भी लिथियम आयन ब्याट्री प्याक दिइएको छ । यसमा दिइएको मोटरले ८२ एचपी पावर उत्पादन गर्छ भने, फुल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । यसका विषयमा कम्पनीले थप जानकारी भने दिएको छैन । 

महिन्द्रा एक्सयूभी ३०० इलेक्ट्रीक

महिन्द्राले २०२० को अगस्ट महिनासम्ममा महिन्द्रा एक्सयूभी ३०० को इलेक्ट्रीक भेरियन्ट सार्वजनिक गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । 

दुई ब्याट्री प्याक अप्सनमा आउने यो इलेक्ट्रीक कारले फुल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्छ । यसको टप इन्ड भेरियन्टमा उपलब्ध ब्याट्रीले ३५० देखि ४०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । 

२०१८ को अटो एक्स्पोमा प्रदर्शन भएको यस इलेक्ट्रीक मोडलमा ३ फेज एसी डिडक्सन ३१ किलोवाट इलेक्ट्रीक मोटर लगाइएको थियो ।


Back_to_top