काठमाडौं । मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द गरिएको छ । लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ खण्डको विभिन्न ठाउँमा पहिरो गएपछि सवारी आवतजावत बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जानकारी गराएको हो ।
सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।

