काठमाडौं । संघीय राजधानी काठमाडौं आउने लाइफलाइन पृथ्वी राजमार्गमा सवारी आवगमन बन्द भएको छ ।
निरन्तर परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका आधादर्जन बढी ठाउँमा पहिरो जाँदा सडक बन्द भएको हो ।
राजमार्गको धादिङ खण्डमा मात्रै ७ ठाउँमा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राजमार्गको कृष्णभिर, परेवाभिर, कमेरेभिर, ज्यामिरेघाट, तिगराङ खोला, जहरे र जवाङखोलामा पहिरो गएको छ ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पनछाउन समस्या भइरहेको छ । अहिले दुई वटा उपकरण प्रयोग गरेर कृष्णभीरमा पहिरो पन्छाउने काम भइरहेको छ ।

