काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदी माथिको पुलमा सवारी आवत जावत खुला गरिएको छ ।
आज बिहानदेखि ठूला सवारी बाहेकलाई आवतजावत खुला गरिएको हो । अहिले साना चारपाँग्रे, दुईपाँग्रे सवारी साधन वारपार गरिरहेका छन् ।
ठूला सवारी भने पुल मुनि अड्किएको क्रुजशिप निकालिएपछि मात्र खुलाउने तयारी छ ।
हिजो अपराह्न गैँडाकोट क्षेत्रमा रुखमा बाँधिएको राइनो क्रुज शिप बाढीले बगाएर ल्याएपछि पुल मुनि अड्किएको थियो । त्यसपछि सम्भावित जोखिमलाई मध्ये नजर गर्दै पुलमा सवारी आवतजावतमा रोक लगाइएको थियो ।
अहिले उक्त क्रुजसिपलाई सुरक्षित तरिकाबाट निकाल्ने तयारी भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । अहिले क्रुज निकाल्न फिल्डमा ठूलो क्रेन पुगिसकेको छ ।

