टीभीएस अपाची RTR-200 अब इथानलबाट चलाउन सकिने

टीभीएसले भारतीय बजारमा टीभीएस अपाची आरटीआर २०० एफआईको इथाइनलबाट चल्ने नयाँ अप्सनको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यस मोटरसाइकलको मूल्य १ लाख २० हजार भारु तोकेको छ । 

कम्पनीले केही समय पछि सार्वजनिक गर्ने भएको आरटीआर एफआई १०० भन्दा पनि सस्तो यो मोडलमा विभिन्न विशेषता उपलब्ध गराएको छ । कम्पनीले यस मोटरसाइकलमा १९७.७५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड फ्युल इन्जेक्ड इन्जिन लगाइएको छ ।

यसले ८ हजार आरपीएममा २१ एनएम टर्कका साथै ७ हजार आरपीएममा १८.१ एनएम टर्क उत्पादन गर्छ । यसमा ट्वीन स्प्रे टीन पोर्ट इएफआई टेक्नोलोजी दिइएको छ ।

यसको टप स्पीड क्षमता प्रतिघन्टा १२९ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा टीभीएस आरटीआर २०० मा उपलब्ध प्रविधिले कार्बनडाइ अक्साइडको असरलाई ३५ प्रतिशतसम्म कम गर्ने बताउँदै कम्पनीले सल्फर्ड डाइअक्साइडको असरलाई पनि कम गर्ने जानकारी गराएको छ ।


Back_to_top