विश्वका ठूला सवारी उत्पादन गर्ने मध्येमा गनिने जापानी कार उत्पादक कम्पनी निसान ठूलो आर्थिक संकटतर्फ धकेलिएको छ । विगत एक दशकयता निसानको नाफामा उच्च गिरावट आइरहेको छ ।
याे वर्षकाे पहिलाे क्वाटरमा निसानले दशककै सबैभन्दा खराब उच्च ९४.५ प्रतिशतले नाफामा गिरावट बेहोरेको छ । निसानका उत्पादन अमेरिका, यूरोप र भारतीय बजारमा निकै घटेको छ । त्यसैले विश्वभरबाट कामदार कटौती गर्न सुरु गरेको हो ।
पछिल्लो ३ वर्षमा निसानले विश्वभरबाट १२ हजार ५ सय कामदारलाई बिदाई गरिसकेको छ । त्यस्तै यो वर्ष भारतमा मात्र १७ सय कामदार कटौती गरेको छ । निसान मोटर इन्डियाले २०१८ मा ल्याएको मिड टर्म प्लानमा कर्मचारीलाई अफर समेत ल्याएको छ । खर्च कटौती गर्ने योजना सहित ल्याइएको कर्मचारी अवकाश योजना अन्तर्गत भारतमा १७ सय कर्मचारी विदा भइसकेका छन् ।
भारतमा निसानको दशकलामो यात्रामा सुखद् उपस्थिति देखिएको छैन । निसान ड्याटसन ब्रान्डबाट भारतमा आक्रामक हुन खोजेको भएपनि मारुती सुजुकी बाधक बनेर आयो । निसानको ढाडसमा ड्याटसनलाई अघि सारिएको भएपनि भारतीय बजारमा ड्यानसनको बिक्री कुनै एक विलाशी कारको भन्दा कम हुन थालेको छ ।
निसानले निक्कै उत्साहसाथ सार्वजनिक गरेको एसयूभी किक्सले पनि उत्साह ल्याउन सकेन । निसानकको किक्स भारतीय बजारमा मासिक १ देखि २ सय वटा मात्र बिक्री भइरहेको छ । भारतमा निसानले आर्थिक वर्ष २०१८ मा ३६ हजार ५ सय २५ वटा सवारी बिक्री गरेको थियो ।
निसानको उचारचढाव
निसान, रेनो र मित्सुविसीको अलाइन्स बनाई अटोमोबाइल क्षेत्रमा नयाँ प्रयोग गर्न व्यक्ति हुन् कार्लोस गोसन । गोसनले सन् १९९६ मा घाटामा सञ्चालन भइरहेको फ्रेन्च अटोमोवाइल कम्पनी रेनोमा जोइन गरेका थिए ।
गोसनले रेनोमा व्यापक परिवर्तन गराए । बेल्जियममा सञ्चालन भइरहेको उत्पादन प्लान्ट बन्द गराए जहाँ ३३ सय कामदार वेरोजगार भएका थिए । गोसनको प्रमुख कार्य भनेकै प्रभावकारी व्यवस्थापन गरेर अप्रेसनलाई द्रुत गतिमा लगि बिक्री बढाउने थियो ।
सन् १९९२ मा फ्रेन्च सरकारको ८० प्रतिसत सेयर रहेको रेनो सन् २००० सम्म आईपूग्दा १६ प्रतिशत मात्र सेयर रहेको र वेस्टर्न युरोपको बेस्ट सेलिङ ब्राण्ड बन्न सफल भयो ।
सन् १९९९ मा आफ्नाे योङ ट्यालेन्टेड एक्जुकेटिभको विश्वासमा रेनोका मालिक लुइस सीजरले घाटामा रहेको जापानी अटोमेकर निसानमा ७ अर्ब डलर लगानी गरि ४४.४ प्रतिशत सेयर किने र गोसनलाई टोकियोमा निसानको सीइओ बनाएर पठाएका थिए ।
गोसन निसानमा जाँदा कम्पनी २० अर्ब डलर ऋणमा रहेको थियो । सो समयमा अघिल्ला ७/८ वर्षदेखि कम्पनी घाटामा रहदै आएको थियो भने उत्पादन पनि विगत १० वर्षदेखि घट्दो क्रममा रहेको थियो ।
गोसनले भनेका छन् ‘मलाई पनि उक्त कम्पनीमा सफल हुन्छु जस्तो लागेको थिएन ।’
कम्पनी सम्हालेको पहिलो वर्षमा गोसनले कंकृट रिस्ट्रक्चरिङ प्लान बनाए । विश्वमा प्रसिद्धि कमाउँदै गएको कम्पनी टोयोटा र होण्डाको भन्दा निसानको मोडल लाईन र टेक्नलोजी निकै पछि परेको कारण बिक्रीमा व्यापक गिरावट आएको गोसनले पत्ता लगाए ।
निसानले अधिक मात्रामा रहेका आफ्ना कर्मचारीको जीवन यापनका लागि रोजगारी दिइरहेको थियो । गोसनले परम्परागत सोचाई विरुद्ध काम गर्दै ५ वटा फ्याक्ट्री बन्द गराए । त्यहाँ २१ हजार जनालाई रोजगारीबाट हटाए, जुन जापनी कम्पनीको लागि अनौठो कार्य थियो ।
उनले अन्य अटो कम्पनी तथा सप्लायरसँग रिलेसनसिपको नेटवर्कको विस्तार गरे । कम्पनीको सेयर आफ्नाे सम्लायर र पार्टनरहरुलाई बेचेर आधा कर्जा चुक्ता गरे । अन्त्यमा उनले इसुजू र रेनोबाट टप इन्जिनियरहरुलाई ल्याएर कम्पनीलाई नयाँ गति दिए ।
विभिन्न भाषाका कर्मचारीहरु वीचको आपसी सञ्चारलाई प्रभावकारी बनाउन उनले अँग्रेजी भाषालाई अफिसियल भाषा बनाए र अँग्रेजी सिक्ने म्यानेजरहरुलाई रिवार्ड गर्न थाले । उनले कम्पनीलाई पूर्ण रुपमा पश्चिमिकरण गरे र सन् २००० मा उनी जापानी अटोमोवाइल कम्पनीमा पहिलो विदेशी चेयरम्यान बन्न सफल भए ।
चेयरम्यान भएपछि उनलाई जापानी मात्र बुझ्ने सेयर होल्डरहरुसँग काम गर्न निकै अफ्ट्यारो भएको थियो । उनलाई परम्परागत जापानी म्यानेजमेन्ट नजानेको भनेर व्यापक आलोचना पनि भयो ।
तर, गोसनले कम्पनीको फाइनान्सीयल सुधारेर आफ्नो आलोचकहरुलाई राम्रो झापड हान्न सफल भए । झण्डै व्यांकरप्सिमा पुगेको निसानलाई उनले केही वर्षमै नाफामुखी बनाउन सफल भए । कम्पनीको सेड्युल भन्दा अगाडि नै सन् २००१ मा २० प्रतिशत कस्ट घटाउन र २२ वटा नयाँ मोडल अमेरिकाकाे डिट्रोइट अटो शोमा देखाउन सफल भएका थिए ।
अब गोसन उक्त कम्पनीमा छैनन् । २०१८ मा निकै विवादमा परेको निसानलाई २०१९ झनै समसया पर्ने देखिएको छ । विश्वकै उत्कृष्ट मध्यको एक अटो उत्पादकको अहिलेको अवस्थाले विश्व बजारमा निकै ठूलो चर्चा पाएको छ ।

