७०० सीसीको मोडलसहित भारत प्रवेश गर्दै इटालजेट

काठमाडौं । इटालियन टु–ह्वीलर ब्राण्ड इटालजेट भारतीय बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर ४ देखि सुरू हुने इन्डिया बाइक विक मार्फत भारत प्रवेश गर्ने तयारी थालेको हो ।

इटालजेटले आफ्नो ड्रयागस्टर सिरिजका तीन नयाँ मोडल सार्वजनिक गर्दै भारतीय दुईपाँग्रे बजारमा डेब्यु गर्ने तयारी गरेको छ । कम्पनीले बाइक विक मार्फत ड्रयागस्टर ३००, ड्रयागस्टर ४५० र ड्रयागस्टर ७०० गरी तीन स्कुटर मोडल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले लन्च गर्न लागेका यी स्कुटर अन्य ब्राण्डका नर्मल मोडल स्कुटर बराबरका होइनन् । यी स्कुटर ठूलो सीसी क्षमताको हाई पावर प्रदान गर्ने म्याक्सि डिजाइनमा आधारीत छन्, जुन सुपर बाइक क्याटागोरीमा राख्न सकिन्छ ।

तीनवटै मोडल महाराष्ट्रको कोल्हापुरस्थित मोटोहाउसको उत्पादन केन्द्रमा एसेम्बल गरिनेछन् । इटालीमा विकास गरिएको डिजाइन र इन्जिनियरिङका आधारमा मोटोहाउसले स्थानीय एसेम्बली तथा गुणस्तर परीक्षणको काम गर्नेछ ।

यी तीनै स्कुटरमा अत्याधिक पावर जेनेरेट गर्ने इन्जिन सेटअप तथा आधुनिक फिचरहरू दिइएको छ । तीनमध्ये ड्रयागस्टर ७०० सबैभन्दा शक्तिशाली मोडल हो । यसमा ६९८ सीसीको लिक्विड कुल्ड, प्यारालल ट्विन सिलिण्डर इन्जिन दिइएको छ । यसले ८,००० आरपीएममा ६८ एचपी पावर र ५,५०० आरपीएममा ६७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स, हाइड्रोलिक वेट मल्टिप्लेट क्लच र चेन ड्राइभ दिइएको छ ।

यसमा ट्युबुलर स्टिल ट्रेलिस फ्रेम, एड्जस्ट गर्न मिल्ने मार्जोची यूएसडी फ्रन्ट फोर्क र रियर सस्पेन्सन राखिएको छ । यसमा एबीएस, ट्र्याक्सन कन्ट्रोल, कलर टीएफटी डिस्प्ले, एलईडी लाइटिङ र अकप्रोभिक ट्विन एक्जस्ट जस्ता फिचर छन् ।

त्यस्तै, ड्रयागस्टर ३०० मा २७८ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । यो इन्जिनले ८,२५० आरपीएममा २३.८ एचपी पावर र ६,२५० आरपीएममा २६ एनएम टर्क उत्पादन गर्छ । यसमा सीभीटी ट्रान्समिसन र अटोमेटिक क्लच दिइएको छ ।

त्यस्तै, ड्रयागस्टर ४५० मा ४४९ सीसीको लिक्विड कुल्ड, डीओएचसी प्यारालल ट्विन इन्जिन छ । जसले ९,५०० आरपीएममा ४६.९ एचपी पावर र ८,००० आरपीएममा ४१ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड ट्रान्समिसन दिइएको छ छ ।

भारतमा बिक्री सुरू गर्नुअघि यी तीनवटै मोडललाई कम्पनीले इटालीको मिलानमा जारी ईक्मा अटो शो २०२६ मा देखाएको थियो ।


Back_to_top