आवेदन दिएको १ महिनामा स्मार्ट लाइसेन्स

काठमाडौं । अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको एक महिनाभित्रै परीक्षा सञ्चालन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यक्रम मार्फत यस्तो योजना ल्याएको हो ।

सङ्घीय संसदमा अर्थमन्त्रि जनार्दन शर्माले प्रस्तुत गरेको बजेट कार्यक्रमअनुसार आवेदन दिएको एक महिनाभित्र परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गरिने उल्लेख छ ।

जसअनुसार सातै प्रदेशमा रहेका यातायात कार्यालयबाटै स्मार्ट ड्राइभिङ लाइसेन्स उपलब्ध गराइने भएको छ ।

 


Back_to_top