सुजुकीको पहिलो इलेक्ट्रीक स्कुटर ‘ई-एक्सेस’ सार्वजनिक

नयाँदिल्ली। मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर ‘ई-एक्सेस’ सावर्जनिक गरेको छ ।

कम्पनीले आजदेखि भारतको नयाँदिल्लीमा सुरू भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा ‘ई-एक्सेस’ स्कुटर सार्वजनिक गरेको हो ।

स्लिकर डिजाइनमा तयार भएको सुजुकी ई-एक्सेसमा म्याक्सिमम १५ एनएम टर्क जेनेरेट गर्ने ४.१ किलोवाटको मोटर र ३.०७ किलोवाट आवरको एलएफपी फिक्स्ड ब्याट्रीप्याक दिइएको छ । आइडीसी रेन्ज अनुसार यस ब्याट्रीले एक पटकको फुलचार्जमा ९५ किलोमिटरको रेन्ज दिने बताइएको छ । यस स्कुटरको म्याक्सिमम टप स्पीड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यस स्कुटरमा प्रयोग भएको ब्याट्रीलाई ०-८० प्रतिशत चार्ज हुन पोर्टेबल चार्जरबाट करिब ४ घण्टा ३० मिनेटको समय लाग्छ भने फास्ट चार्जरको माध्ययम बाट ०-८० पुग्न मात्रै १ घण्टा १२ मिनेटको समय लाग्ने छ ।

कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक क्वेल स्प्रीङ सक र रियरमा स्वीङ आर्म टाइपको क्वेल स्प्रीङ सस्पेन्सन सेटअप दिएको छ । यसको फ्रन्ट टायरमा डिस्कब्रेक र रियरमा ड्रमब्रेकसँगै अलोय ह्वील सहितको ट्युबलेस टायर रहेको छ ।

फिचर लोडेड पूरा डिजिटल कलरफुल टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर रहेको ई-एक्सेसमा स्मार्ट किलेस फङसन, एलईडी हेडलाइट र टेललाइट, हेलोजन बल्ब, भर्टिकल एलईडी बार र डीआरएल जस्ता अत्याधुनिक फिचरहरू पाउन सकिन्छ ।

त्यस्तै, कम्पनीले जानकारि दिए अनुसार सुजुकी ई-एक्सेस अझै पनि रोड परीक्षणको क्रममा रहेको छ ।


Back_to_top