रेल किन्न सरकारले दियो थप ८५ करोड

काठमाडौं । सरकारले रेल किन्न थप ८५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । भारतबाट रेल खरिद गर्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको हो । 

चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई उक्त रकम दिएको हो । सरकारले यस अघि पनि रेल खरिदका लागि ५० करोड रुपैयाँ दिएको थियो । 

सरकारले भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गर्न आवश्यक रकम दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबारको। पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । 


Back_to_top