केटीएम ३९० एड्भेन्चरको २०२२ मोडल सार्वजनिक, यस्ता छन नयाँ फिचर

काठमाडौं । केटीएम ३९० एड्भेन्चरको २०२२ मोडल सार्वजनिक भएको छ । कम्पनी सामान्य परिमार्जन सहित ग्राफिकमा परिर्वतन गरेर २०२२ मोडल एड्भेन्चर ३९० सार्वजनिक गरेको हो ।

२०२२ मोडल ३९० एड्भेन्चरको मूल्य ३ लाख ३५ हजार भारतीय मूल्य (एक्ससोरुम) निर्धारण गरिएको छ । यो मूल्य २०२१ मोडलभन्दा ७ हजार भारतीय रुपैयाँले धेरै हो ।

कम्पनीले यसमा गरेको मूख्य परिर्वतन भनेको यसको ट्रयाक्सन कन्ट्रोल हो । कम्पनीले २०२२ मोडलमा दुई मोडमा ट्रयाक्सन कन्ट्रोल दिएको छ । जसमा स्ट्रीट र अफरोड मोड रहेको छ । चालकको आफ्नो आवश्यकता अनुसार मोड परिर्वतन गर्न सक्नेछन् । यसको अर्को परिर्वतन भनेको अलाय ह्वील रहेको छ । यसअघिको मोडलमा १२ स्पोक अलाय ह्वील दिइएको थियो भने नयाँ मोडलमा ५ स्पोक अलाय ह्वील दिइएको छ । यसका अलावा २०२२ मोडलमा ग्राफिकमा परिर्वतन गरिएको छ ।

कम्पनीले अन्य कुनै परिर्वतन गरेको छैन । यो मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न–बाइ–टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल–कलर टीएफटी डिस्प्लेको प्रयोगले यसलाई प्रिमियम बनाएको छ ।


Back_to_top