दुई नयाँ क्वाड बाइक नेपाल भित्रियो, मूल्य २७ लाख ७५ हजारसम्म

काठमाडौं । पोलराइज ब्राण्डका क्वाड बाइक नेपाल भित्रिएको छ । पोलराइज स्पोर्टस्म्यान ५७० र पोलराइज रेन्जर ५७० क्वाड बाइक नेपाल भित्रिएको हो ।

नेपाली बजारमा एनआइयू इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको कम्पनी इको इन्फिनिटीले विक्री सुरू गरेको हो । कम्पनीले नेपाल भित्र्याएको स्पोर्टस्म्यान ५७० इन्ट्रिलेबल क्वाड बाइक हो भने रेन्जर ५७० फुल अप्सन क्वाड बाइक रहेको छ ।

नेपालमा यस अघि सीएफमोटोले क्वाड बाइक विक्री गर्दै आएको थियो । क्वाड बाइकहरु विशेष गरेर मरुभूमिमा प्रयोग गरिन्छ । नेपालमा पनि पछिल्लो समय यसको प्रयोग बढ्न थालेको छ ।

एड्भेन्चर स्पोर्टस्को रूपमा चित्लाङमा यसको व्यवसायिक सुरूआत भइसकेको छ भने व्यतिगत रूपमा क्वाड बाइक प्रयोग गर्ने पनि भेटिन्छन् ।

इको इन्फिनिटिले नेपाल भित्र्याएको दुवै क्वाड बाइकमा ५६७ सीसी लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्सपावर जेनेरेट गर्छ । स्पोर्टस्म्यान ५७० को फ्रन्टमा २१० एमएम ट्राभल सस्पेन्सन र रियरमा २४० एमएमको ट्राभल सस्पेन्सन रहेको छ । यको दुवैतर्फ डिस्क ब्रेक उपलब्ध छ । फ्रन्ट ब्रेक हातबाट कन्ट्रोल हुन्छ भने रियर ब्रेक खुट्टाले कन्ट्रोल गर्नु पर्ने हुन्छ ।

पोलराइज स्पोर्टस्म्यान ५७० को मूल्य १८ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै रेन्जर ५७० मा टू ह्वील ड्राइभ तथा अल ह्वील ड्राइभको अप्सन रहेको छ । यसको फ्रन्टमा २२० एमएम र रियरमा २५० एमएम ट्राभल सस्पेन्सन रहेको छ ।

यसमा ३४ लिटर क्षमताको फ्यूल ट्याङक रहेको छ । यसको दुवैतर्फ डिस्क ब्रेक उपलब्ध छ । यसमा सिंगल एनालग इन्स्टुमेन्ट क्लस्टर रहेको छ । यो क्लस्टरमा स्पीडोमिटर, टेकोमिटर, ओडोमिटर, ट्रिपमिटर, गियर इन्डिकेटर, सिट वेल्ट रिमान्डर जस्ता फिचर रहेको छ ।

यसको मूल्य २४ लाख ७५ हजार रुपैयाँ रहेका छ ।


Back_to_top