काठमाडौं । भारतीय चर्चित अटो म्याग्जीन अटोकार इन्डियाले भारतीय बजारमा उत्पादन भइरहेका करिब एक दर्जन कारहरु २०१९ पछि उत्पादन नहुने रिपोर्ट प्रकाशन गरेको छ ।
म्याग्जीनले प्रकाशन गरेको रिपोर्टकाअनुसार टाटा मोटर्सका तीन उत्पादन टाटा नानो, टाटा सफारी र टाटा सुमोको उत्पादन बन्द हुने भएको उल्लेख गरिएको छ ।
बन्द हुने लिष्टमा मारुती सुजुकीको जिप्सी र मारुती ओम्नी भ्यान रहेको छ भने, महिन्द्रा एन्ड महिन्द्रका उत्पादन निभोस्पोर्ट, भेरिटो र एग्जाईलो रहेका छन् । कम्पनीकाे इटुओको प्लस भेरियन्ट आइसकेकाले कम्पनीले इटुओलाई समेत बन्द गर्न लागेको हो ।
त्यसैगरी होन्डाको ब्रियो, फियाटको लिनिया र पुन्टो बन्द हुने भएको छ । हुन्डाईले पनि आफ्नो उत्पादन इयोन बन्द गर्ने भएको छ ।
विशेषगरेर, भारत सरकारले सन् २०२० अप्रिलबाट नयाँ प्रदुषण मापदन्ड बीएस–६ लागु गर्ने भएकाले कम्पनीले यी गाडीहरुका उत्पादन बन्द गर्न लागेको हो । साथै यहिवर्षबाट लागुभएको सेफ्टी फिचरपनि यी कारहरुले पुरागर्न नसक्ने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा बन्द हुन लागेका अधिकांश मोडलहरु बिक्री वितरण हुँदै आएका थिए । अब कम्पनीले यी मोडलको उत्पादन बन्द गर्ने घोषणा गरेसँगै नेपाली सडकमापनि यी गाडीको बिक्री वितरण क्रमिकरुपमा बन्द हुने छ ।
यो पनि पढ्नुहोस्: इलेक्ट्रीक कारमा बिग फाईट, यस्ता छन् ५ ब्रान्डका ६ मोडलको मूल्य र विशेषता

